Sunday , June 20 2021
Breaking News
Home / मनोरंजन / हिरो राजबल्लभको अमेरिकामा लक्जरी लाईफ, एक फिल्मबाट पाउँथे बढिमा तीन लाख (भिडियो)

हिरो राजबल्लभको अमेरिकामा लक्जरी लाईफ, एक फिल्मबाट पाउँथे बढिमा तीन लाख (भिडियो)

काठमाडौं। कुनै समय चलचित्र क्षेत्रमा आफ्नो राम्रो स्थान बनाएका नायक राजबल्लभ कोइराला अहिले चलचित्र क्षेत्रबाट टाढा छन् । चलचित्र क्षेत्रलाई माया मार्दै उनी अमेरिकामा पुगेका छन् । नेपाली कलाकारका लागि सपनाको देश बनेको अमेरिकामा राजवल्लभको जीवन सुखमय तरिकाले बितिरहेको छ ।

दुई दर्जन चलचित्रमा काम गरिसकेका राजबल्लबको ‘पर्खि बसे, छोडी गए पाप लाग्ला, सम्झना, हाँसी देउ एक फेर’ रिलिजको समयमा गज्जब क्रेज थियो । तर, चलचित्र क्षेत्रमा नयाँ पुस्ताको प्रवेशसँगै उनको क्रेज खस्कियो । क्रेज खस्कदै गएको बेलामा उनले हलिउड चलचित्र ‘हाइवे टू धम्पुस’मा काम गर्ने अवसर पाए र यही चलचित्रको सिलसिलामा अमेरिका पुगे । राजबल्लभले अमेरिकमा नै बिबाह पनि गरिसकेका छन् ।

लामो समयदेखी अमेरिकाको बाल्टीमोरमा बस्दै आएका अभिनेता राजबल्लभ कोईराला नेपालमा रहँदा लोकप्रिय थिए । उनि अमेरिका गएयता नेपाली चलचित्रमा देखिएका छैनन् । अमेरिकामा उनले एक बैंकको आईटि सेक्सनमा काम गर्छन् । उनले कमै मात्र नेपालीले पाउने सुविधा सहित काम गर्छन् । राजबल्लभ त्यति धेरै मीडियामा आउन रुचाउँदैनन् । यसैबीच उनको एक भिडियो कुराकानी सार्वजनिक भएको छ । कुराकानीमा उनको लाईफ स्टाईल, काम, अन्य नेपाली कलाकारहरुको बारे तथा अन्य बिषयमा बोलेका छन् । हेर्नुहोस् भिडियोः

About admin

Check Also

बलिउड नायक सुनिल सेट्टीले अनमोलसँग नेपाली फिल्म खेल्दै, लिने भए यति महँगो पारिश्रमिक, कुन रोलमा नेपाली फिल्म खेल्छन सुनिल सेट्टी ?

काठमाडौँ । बलिउड चर्चित नायक सुनील शेट्टी नेपाली फिल्ममा खेल्नका लागि राजी भएका छन् । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *