Monday , December 6 2021
Breaking News
Home / राजनिति / कम्तिमा ८० लाख भारतीयलाई नागरिकता दिने गरि अध्यादेश ल्याएको भन्दै ओलीको बिरोध

कम्तिमा ८० लाख भारतीयलाई नागरिकता दिने गरि अध्यादेश ल्याएको भन्दै ओलीको बिरोध

संसद विघटन गरेर आफैलाई चुनावी सरकार बनाएका ओलीले नागरिकता ऐनको संशोधन अध्यादेश ल्याएका छन् । सामान्यतया चुनावी सरकारले दीर्घकालिन महत्वका बिषय फेरवदल गर्न पाउदैन तर चुनावी सरकारकै मातहतमा अध्यादेश आए पछि नेपाली राजनीतिमा नयाँ कम्पन देखिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छन् । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको स्रोतको भनाइ छ ।

हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो । मधेसकेन्द्रित दलको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएका थिए ।

नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभामा २ वर्षभन्दा अघिदेखि छलफलका क्रममा छ । तर सरकारले संसद विघटन गरेपछि अध्यादेशको रुपमा अर्को नागरिकता ऐन ल्याएको हो । यो समाचार बाहिरिए सँगै ओलीले राष्ट्रघाती कदम चालेको भनेर सामाजिक साइट तातिएको छ तर अझै पनि अध्यादेश सबैले पढ्न पाएका छैनन् । यदि सामाजिक साइटमा अनुमान गरे जस्तै अध्यादेश हो भने कम्तिमा पनि ४० लाख भारतीयले नागरिकता पाउनेछन् ।

यो अध्यादेशको बिरोध गर्नेहरुले भनेका छन् कि नेपालबाट ३५ लाख चेलीहरु भारतमा बिहे गरेको दाबी गरिन्छ । यदि ति हरेकबाट २ जना सन्तान हिसाब गर्ने हो भने यो अध्यादेशबाट ८० लाख भारतीय अथवा नेपाली भाञ्जा भाञ्जीहरुले नेपाली नागरिकता पाउनेछन् । यदि अध्यादेशमा यो कुरा लेखिएको छैन भने पनि अध्यादेशले ओलीको राष्ट्रवादी छविलाई भने अफ्ठ्यारो बनाउने छ ।

About admin

Check Also

एमालेका नेताहरुले नपत्याएपछि बादलले ल्याए सबैभन्दा थोरै मत

चितवन । नेकपा एमालेका निर्वाचित ६ उपाध्यक्षहरुमध्ये रामबहादुर थापा बादलको सबैभन्दा कम मत आएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *