Thursday , October 28 2021
Breaking News
Home / राजनिति / ओलीले कारवाही नगर्दै माधव नेपालपक्षले भर्खरै गर्यो यस्तो घोषणा, के गर्लान ओली ?

ओलीले कारवाही नगर्दै माधव नेपालपक्षले भर्खरै गर्यो यस्तो घोषणा, के गर्लान ओली ?

काठमाडौं । विवादित रहेको नेकपा एमालेका माधवकुमार नेपाल पक्षले अब पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने निर्णय गरेको छ । एमालेको स्थायी कमिटी बैठकले माधव नेपाल पक्षका ११ नेतालाई स्पष्टिकरण सोधेको थियो । कारवाहीको प्रकृयाका लागि सोधिएको स्पष्टिकरणको जवाफ नदिने निर्णयमा माधव समुह पुगेको छ ।

नेपाल पक्षका सांसदहरूले आफूहरुलाई सोधिएको स्पष्टीकरण प्राप्त भएको भए पनि जवाफ नदिने निर्णमा पुगेको बताएका छन् । सांसद मेटमणी चौधरी, कल्णणी खड्का लगायतका सांसदहरुले स्पष्टिकरणको पत्र आफुहरुले पाएको भएपनि स्पष्टिकरण नदिने निर्णयमा पुगेको बताएका छन् । स्पष्टीकरणमा पार्टी अनुशासन उल्लघंन गरेर विपक्षीलाई प्रधानमन्त्री बनाउन किन हस्ताक्षर गरेको ? त्यसवापत कारबाही किन नगर्ने ? भनेर सोधिएको थियो । उनले आफुहरु प्रति पुर्वाग्रह राखेर स्पष्टिकरण सोधिएकाले त्यसको जवाफ दिन जरुरी नठानेको सांसदहरुले बताएका छन् । आफुहरु ओलीसंग आत्मसमर्पण गर्न नजाने निष्कर्षमा पुगेको उनको भनाई छ ।

खड्काले स्पष्टीकरणको जवाफ नदिएवापत जस्तोसुकै कारबाही भोग्न आफूहरू तयार रहेको पनि बताएकी छन् । ‘उहाँहरूलाई जे मन लाग्छ, त्यही गर्नुहुन्छ, गरे हुन्छ । कारवाहीको केही अर्थ छैन् । सांसद छैनौं, उहिल्यै केन्द्रीय सदस्यबाट हाम्रो जिम्मेवारी खोसिसक्या छ ।’

संविधानको धारा ७५ (५) अनुसार प्रधानमन्त्री दावी गर्दा नेपाल पक्षका धेरै सांसदले विपक्षी दलका नेता शेरबहादुर देउवाको पक्षामा हस्ताक्षर गरे पछि एमाले विवाद झन उत्कर्षमा पुगेको छ ।

About admin

Check Also

राष्ट्रपतिले प्रचण्ड पत्नी सीतालाई किन दिइन् पदक ?

काठमाडौ । संविधान दिवसका अवसरमा राष्ट्रपतिवाट विभुषित हुने र पदक पाउनेहरुको नाम सार्वजनिक भएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *