Sunday , June 20 2021
Breaking News
Home / समाचार / आज नेपालमा कोरोनको यस्तो आयो अपडेट, सरकारले संक्रमण दर नघटेको भन्दै गर्यो बोल्ड निर्णय

आज नेपालमा कोरोनको यस्तो आयो अपडेट, सरकारले संक्रमण दर नघटेको भन्दै गर्यो बोल्ड निर्णय

पछिल्लो २४ घण्टामा नेपालमा थप ८६३६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ७४२५ जनामा संक्रमण पुष्टि भएको थियो भने ७१३५ जना निको भएका थिए । यस्तै १८५ जनाले संक्रमणबाट ज्यान गुमाएका थिए ।

यस्तै सोही अवधिमा आज १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० को एन्टिजेन टेष्ट गर्दा २४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर सक्रिय संक्रमित संख्या १ लाख १७ हजार २६१ पुगेको छ भने मृतकको कुल संख्या ६७ सय पुगेको छ । हाल देशभर कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ भने निको हुनेको कुल संख्या ४ लाख ४ हजार ८८७ जना पुगेको छ । अहिलेसम्म २९ लाख ५८ हजार बढीको परीक्षण भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यो संगै उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै थप एक साता निषेधाज्ञा थपिएको हो ।

थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ ।

के के गर्न पाइने छैन?

थपिएको समयावधिमा यसअघि बन्देज लगाइएका कार्यहरू कायम राख्दै खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर लगायतका अन्य पसल पनि खोल्न नपाइने बताइएको छ। तर तरकारी, फलफूल, दूध डेरी, मासु, खाने पानी र ग्यास पसल बिहान ९ बजेसम्म खुल्न गर्न दिने पराजुलीले बताए।

विगतमा निषेधाज्ञाबीच मानिसहरूलाई खाद्यान्नलगायत दैनिक उपभोगका सामान किनमेलका लागि १० बजेसम्म समय थप गरिएको थियो। तर त्यो समयमा धेरै भिडभाड हुन थालेको निष्कर्ष निकाल्दै अब त्यसमा कडाइ गरिने प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन्।

निषेधाज्ञा पूर्ण प्रभावकारी हुन नसकेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको गुनासोबीच कोभिड-१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेशले सजाय र जरिवानाको हकमा कडा व्यवस्था गरेपछि अब सजिलो हुने स्थानीय प्रशासनहरूको विश्वास छ।

नयाँ अध्यादेशमा के छ व्यवस्था?

अध्यादेशबमोजिम कुनै काम गर्न बाधा अवरोध सिर्जना गर्न नहुने र गरेमा एक वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ। मापदण्ड पालना नगरे छ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने अध्यादेशमा भनिएको छ। अनुमतिविना चलाइएका सवारीसाधन सुरक्षाकर्मीले निश्चित समयका लागि नियन्त्रणमा पनि लिन सक्ने अध्यादेशमा उल्लेख छ।

जरिवानाबारे अध्यादेशमा यी व्यवस्था गरिएका छन्:

मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे एक सय रुपैयाँ,

आवतजावतमा रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा उल्लङ्घन गर्नेलाई पटकैपिच्छे दुई सय रुपैयाँ,

अनुमतिविना वा सुरक्षाकर्मीलाई सूचना नदिई अथवा बिरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारीसाधन चलाएमा पटकैपिच्छे दुई पाङ्ग्रे सवारी भए दुई हजार र अन्य सवारी भए पाँच हजार रुपैयाँ।

त्यसैगरी अध्यादेशविपरीत काम गर्ने संस्था वा व्यवसायलाई प्रमुख जिल्ला अधिकारीले छ महिनासम्मका लागि बन्द गर्न आदेश दिन सक्नेछन्।

About admin

Check Also

काठमाडौ ठमेलका अनिश जसको अमेरिकामा आफ्नै ७ वटा जहाज छन्, कसरी गरे उनले कल्पनै गर्न नसकिने यस्तो चमत्कार ? प्रत्यक्ष हेर्नुहोस् (भिडियो)

हामी वैदेशिक रोजगारी भन्ने वित्तिकै सामान्य साना तिना अरुको कम्पनी वा ब्यवसायमा काम गर्ने भन्ने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *