Sunday , June 20 2021
Breaking News
Home / समाचार / २ दिन भित्र खाद्यान्नको जोहो गर्न अनुरोध, अब १ हप्ता ठप्प पारिने

२ दिन भित्र खाद्यान्नको जोहो गर्न अनुरोध, अब १ हप्ता ठप्प पारिने

काठमाडौं । को’रोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधि थप एकसाता ल’म्बिएको छ ।मंगलबार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गरेका हुन् ।

यसअघि उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा सुरु भएको थियो । निषेधाज्ञाको समय पटक–पटक थप गर्दै आजको निर्णयले जेठ २० सम्म कायम रहने जनाएको छ ।निषेधाज्ञामा थप क’डाइ गर्दै खाद्यान्नका पसल र तरकारी पसल पनि एक साता पूर्ण ठ’प्प गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।

एक हप्ताका लागि खाद्यान्नको जो’हो गरिराख्न उहाँले सबैलाई आग्रह समेत गर्नुभयो । त्यसका लागि अझै दुई दिन समय बाँकी रहेको उहाँको भनाइ छ । खाद्यन्न पसल र तरकारी पसल सबै एक साता ब’न्द गर्दा संक्रमण रोकिने आकलन गरिएको पराजुलीले बताउनुभयो ।

त्यस्तै मकवानपुरमा जेठ २० गतेसम्म नि’षेधाज्ञा थप भएको छ । जिल्ला को-भि’ड–१९ सं’कट व्यवस्थापन केन्द्र मकवानपुरको सिफारिसमा जिल्ला सु’रक्षा समतिकिो बिहीबार बसेको बैठकले यस अघि जिल्लामा जारी भएको नि’षेधाज्ञालाई निरन्तरता दिने र थप ७ दिन निषेधाज्ञा ल’म्ब्याउने निर्णय गरेको हो ।

यसअघि जिल्ला सुरक्षा समितिले जेठ १३ गतेसम्म जिल्लामा नि’षेधाज्ञा गर्ने निर्णय गरेको थियो । मकवानपुरमा गत बैशाख १९ गतेदेखि नि’षेधाज्ञा जारी गरिएको हो । त्यस्तै बैठकले औषधी तथा खाद्य वस्तु तथा तरकारी पसलहरु विहान ५ बजेदेखि ८ बजेसम्म संचालन गर्न दिने, पेट्रोल पम्प, ग्याँस डिपो, अक्सिजन सिलिन्डर पसल नियमित सञ्चालन गर्ने र अन्य सबै प्रकारका व्यवसायहरू पूर्ण रुपमा ब’न्द गर्ने निर्णय गरेको छ ।

तर, हेटौडा उपमहानगरपालिकाको मुख्य बजारको उत्तरमा चौ’कीटोल, दक्षिणमा कर्रा खोला, पश्चिममा थाना भर्याङ र पूर्वमा क्याम्पाडाँडाभित्रका औ’षधी, कृषि बीउबिजन तथा मल तथा भे’टनरी पसल मात्र संचालन गर्न दिइने निर्णय गरेको छ । सो क्षेत्रमा खाद्यान्न तथा तरकारी दैनिक उपभोग्य बस्तुहरु सम्बन्धित सहकारी वा संघ संस्थाहरूमार्फत स्वास्थ्यका मा’पदण्ड अपनाएर मोबाइल भ्यानमार्फत टोल–टोलमा विक्री वितरण गर्न दिइने भएको छ ।

त्यस्तै बैठकले बैंकहरुको हकमा स्वास्थ्यका मा’पदण्ड पालना गरी चौथाई कर्मचारीको उपस्थितिमा साताको २ दिन मंगलबार र शुक्रबार विहान ९ बजेदेखि दिउसो १ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय गरेको छ ।अन्य वित्तिय संस्था, इन्स्योरेन्स कम्पनी, मनी ट्रान्सफर तथा वित्तिय सहकारी संस्थाहरू पूर्ण रुपमा बन्द गर्ने बैठकले निर्णय गरेको छ ।

त्यस्तै बैठकले मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाका सबै क्षेत्रमा जेठ ११ गते राती १२ बजेदेखि जेठ १५ गतेसम्म औ’षधी पसल बाहेक अन्य सम्पूर्ण पसल तथा व्यवसायहरू पूर्ण रुपमा ब’न्द गर्ने निर्णय गरेको छ ।

थप समाचार –स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी केही समयका लागि डा. समीर अधिकारीले समाल्ने भएका छन्। उनी मन्त्रालयका सह–प्रवक्ता हुन्।

डा. जागेश्वर गौतम युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीको रूपमा सरूवा भएसँगै मन्त्रालयको प्रवक्ता को हुने भन्ने विषयमा चर्चा चलिरहेको छ। मन्त्रालयका उपसचिव दामोदर रेग्मीका अनुसार प्रवक्ता को ल्याउने भन्ने विषयमा छलफल चलिरहेको छ।

‘अर्को व्यवस्था नभएसम्म प्रवक्ताको जिम्मेवारी डा. अधिकारीलाई दिइएको छ,’ रेग्मीले भने, ‘प्रवक्तामा को ल्याउने भन्ने विषयमा मन्त्रालयमा छलफल भइरहेको छ।’ ११ औं तहमा रहेका डाक्टरलाई प्रवक्ता रूपमा ल्याउन छलफल भइरहेको छ। प्रवक्ताको पद खाली भएको अवस्थामा सहप्रवक्ताको हिसाबले जिम्मेवारी समाल्ने बताए।

‘औपचारिक रूपमा जिम्मेवारी दिइएको छैन। अर्को व्यक्ति नियुक्त नभएसम्म सहप्रवक्ताकै हिसाबले काम गर्नेछु,’ डा. अधिकारीले भने। उता प्राडा.जागेश्वर गौतमले को-भि’ड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीरमा आफ्नो कार्यभार सम्हालेका छन् । आज दिउँसाे वीर अस्पताल पुगेर उनले पदभार सम्हालेका हुन् ।

पदबहाली गर्दै उनले यसअघि आर्जेको सिप, ज्ञान र अनुभवलाई विश्लेषण गर्दै काेभिड अस्पतालहरुको सुधारका लागि आफु क’टिवद्ध भएर लाग्ने प्रतिवद्धता जनाए। यसका लागि योजना बनाएर कार्यान्वयन गर्दै लैजाने उनले बताए । ‘म यस अस्पतालमा मेरोे रुचीले मात्रै आएको होइन, अहिले वीरलाई कोभिड – १९ को क’माण्डकाे रुपमा चलाउँदा यसले सक्छ कि सक्दैन भन्ने चु’नौतीका साथ सरकारले पठाएको छ ।

अब यस अस्पतालले देशभरको को-भि’डको उपचार गर्ने सम्पूर्ण अस्पतालको क’माण्ड गर्ने भएकाले संक्रमण नियन्त्रणमा अहिलेसम्म कहाँ-कहाँ ग्याप भएको छ, त्यो हेरेर अगाडि बढ्नुपर्ने छ । जनतालाई सहज उपचार दिनपर्नेछ ।यसका लागि मलाई अस्पतालको सबै कर्मचारीको सहयोग आवश्यक छ ।’

About admin

Check Also

निषेधाज्ञाको मोडालिटी परिवर्तन : पसल खोल्न टाइम कार्ड, सवारी साधनलाई अन्तिम नम्बर प्रणाली

काठमाडौं । १६ वैशाखबाट काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई नयाँ मोडालिटीबाट क्रमशः खुकुलो बनाउँदै लगिने भएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *