Thursday , October 28 2021
Breaking News
Home / समाचार / प्रधानमन्त्रीप्रति आक्रोश पोख्दै कमेडियन आदर्श – मेरो बाउले चलाको स्कुल हेर र तिम्ले चलाको देश हेर, अलिकति पनि लाज लाग्दै ? (भिडियो सहित)

प्रधानमन्त्रीप्रति आक्रोश पोख्दै कमेडियन आदर्श – मेरो बाउले चलाको स्कुल हेर र तिम्ले चलाको देश हेर, अलिकति पनि लाज लाग्दै ? (भिडियो सहित)

काठमाडौं । उपचार नपाएर आफ्नो बुवा गुमाएका स्ट्याण्ड–अप कमेडियन आदर्श मिश्राले निकै भावुक सन्देश जारी गरेका छन् । बुवाको निधन भएको भोलीपल्ट उनले एक भिडियो सार्वजनिक गर्दै अस्पतालको लापरवाहीका बारेमा खुलासा गरेका छन् । उनले अस्पताल र स्वास्थ्यकर्मीको लापरवाहीका कारण आफ्ना बुवाले संसार छोड्नुपरेको बताएका छन् ।

मृगौला खराब भएर फेर्नका लागि लामो समयदेखि प्रयासरत बुवा विनोद मिश्राको उपचारका क्रममा उनले आफुले भोगेको पीडा उनले निकै भावुक ढंगले प्रस्तुत गरेका छन् । देशको स्वास्थ्य प्रणालीका कारण मानिसको कसरी मृत्यु भइरहेको छ भन्ने कुरा उनले प्रष्ट खुलाएका छन् । पैसाको अभावले नभएर देशको स्वास्थ्य प्रणालीका कारण आफ्नो बुवाको निधन भएको बताएका छन् ।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेज (एनएमसी) र नारायणी क्षेत्रीय अस्पतालका कारण आफ्ना बुवाको निधन भएको उनको भनाई छ । एनएमसीका सञ्चालक बसरुद्धिन अन्सारी असाध्यै शक्तिशाली व्यक्ति भएको र उनले नै प्रधानमन्त्री केपी शर्मा ओलीको म्रिगौला प्रत्यारोपणको पैसा तिरेको बताएका छन् । उनै अन्सारीले कलेजको शुल्क र सुविधाको विषयमा प्रश्न उठाउँदा गु न्डा लगाएर विद्यार्थी कु ट् ने गरेको उहाँको आरोप छ ।

नेशनल मेडिकल कलेजबाट बुवालाई नारायणी उपक्षेत्रीय अस्पतालका स्वास्थ्यकर्मीका बारेमा भनेका छन्, त्यहाँका नर्सले डाक्टरका अगाडि डायलासिस मेसिन ४ घण्टाका लागि सेट गर्ने, तर डाक्टर हिँड्ने बित्तिकै ३ घण्टामा झार्ने सम्म पनि गरे । उनीहरूलाई घर जान हतार थियो होला, तर उनीहरूका कारण आज मेरो बुबा भने घर फर्किन पाउनुभएन ।’

उनले प्रधानमन्त्री ओली प्रति आ क्रो शित हुँदै भनेका छन्, ‘केपी ओलीले कुर्सी छाडिदिए हुन्छ’, प्रधानमन्त्रीप्रति आक्रोश पोख्दै आदर्शले भन्नुभयो, ‘डायलाइसिसका लागि स्कुटरको पछाडि बसेर हप्ताको दुईपटक मेरो बुबा अस्पताल गएका हुन्, केपी ओली होइन । मेरो बाउले चलाको स्कुल हेर र तिम्ले चलाको देश हेर । अनि लाज लाग्दै भने मलाई भन । काम गर्न दिएनन् भन्छौ रु काम गर्न मन कहाँ छ तिम्लाई रु लाज लाग्दैन रु’

आदर्शले गत केहि सातायता युट्युब र फेसबुमार्फत बुवाको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे निरन्तर अपडेट गराउँदै आएका थिए । आफ्नो नजिकको नातेदार मृगौला दानका लागि तयार हुँदाहुँदै पनि नेपालको स्वास्थ्य प्रणालीले नस्वीकारेको बताएका छन् ।

About admin

Check Also

प्रेम विवाह गरेको श्रीमतीको मृत्यु भएको २५ दिन पछि श्रीमानले लाशलाई चिहानबाट निकालेर जे गरे कारण देख्दा सबै आश्चर्य चकित !

अब उत्तर प्रदेशको मेरठको यो दुखद प्रेम विवाह हेर्नुहोस् । थाना लिसादी गेट क्षेत्रको करीम …

Leave a Reply

Your email address will not be published. Required fields are marked *