Friday , June 18 2021
Breaking News
Home / मनोरंजन / म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ – निता ढुङ्गाना

म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ – निता ढुङ्गाना

काठमाडौं – अभिनेत्री निता ढुङ्गानाले म किन यो देशमा जन्मिएँ होला भन्दै आफैलाई प्रश्न गरेकी छिन् । सोमबार उनका प्रेमी ज्योतिष तथा अभिनेता हरिहर अधिकारीका बुबा रामबहादुर अधिकारीको कोरोना संक्रमणबाट निधन भएको थियो । हरिहरका बुबाको निधनमा दु:ख व्यक्त गर्दै निताले मंगलबार सामाजिक सञ्जालमा आफ्नो मनको भावना व्यक्त गरेकी हुन् ।

सामाजिक सञ्जालमा निताले आज बल्ल देशले आफ्नो रक्षा गर्न नसक्ने आफुले थाहाँ पाएको बताएकी छिन् ।

‘ मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ । कोरोनाको विरुद्ध संसार लडिरहदा मेरो देशले मलाइ झन् लात हान्छ भन्ने कुरा आज आभास भयो ।’ – उनले भनिन्

कोरोना संक्रमणको कठिन अवस्थामा पनि नेताहरु कुर्सीको लागि लडाई लडिरहेको भन्दै चिन्ता व्यक्त गरेकी छिन् । उनले भनिन् – ‘यो कठिन अवस्थामा जनताको लागि लड्नुपर्ने तर यहाँ त लडाइ कुर्सीको लागि भैरहेको छ । समयमा अस्पतालमा उपचार नपाएर आज मैले मेरो नजिकको अग्रज गुमाएँ ।’

यस्तो छ उनको स्टाटस
मेरो देश मेरो गौरव भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ । मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ ।

कोरोनाको विरुद्ध संसार लडिरहदा मेरो देशले मलाइ झन् लात हान्छ भन्ने कुरा आज आभास भयो । यो कठिन अवस्थामा जनताको लागि लड्नुपर्ने तर यहाँ त लडाइ कुर्सीको लागि भैरहेको छ । समयमा अस्पतालमा उपचार नपाएर आज मैले मेरो नजिकको अग्रज गुमाएँ ।

सायद समयमा नै आइसियुको व्यवस्थापन भएको भए र समयमा नै अक्सिजन पाएको भए कसैले पनि अल्पायुमा ज्यान गुमाउनु पर्दैन थियो होला । हार्दिक श्रद्धाञ्जली बुवा, हजुरको वैकुण्ठमा बास होस् i miss you buwa

About admin

Check Also

कोच प्रमोद डलरमा बिकेका हुन त ? मेलिनालाई छोडेर किरणलाई रोज्नुको रहस्य यस्तो छ ।।

नेपालकै नम्बर १ गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपालको सिजन ३ जारी छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *