Thursday , October 28 2021
Breaking News
Home / समाचार / शुक्रवार निको हुने संख्या अहिले सम्मकै धेरै, मृत्युको संख्या पनि घट्यो

शुक्रवार निको हुने संख्या अहिले सम्मकै धेरै, मृत्युको संख्या पनि घट्यो

काठमाडौ । शुकवार अहिले सम्मकै धेरै एकै दिन निको भएका छन् । २४ घण्टामा शुक्रबार ६ हजार ९५१ संक्रमित थपिदा त्यो भन्दा धेरै निको भएका छन्। पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अन्य दिनको तुलनामा मृत्यु हुनेको संख्या पनि घटेको छ ।

यसै अवधिमा थप ९ हजार ८४१ जना कोरोनाबाट मुक्त भएका छन्। एकै दिन कोरोनाबाट निको हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो। थप ९६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यीसहित हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ।

यस दिन कुल २० हजार ११० जनाको नमुना परीक्षण गरिएको थियो। जसमध्ये पिसिआर १९ हजार ३१३ र एन्टिजेन परीक्षण ७ सय ९७ जनाको गरिएको थियो। पछिल्ला दिनमा निको हुनेको दर बढ्दै गएको छ। मन्त्रालयका अनुसार हाल निको हुनेको दर ७८। १ प्रतिशत रहेको छ।

हालसम्म ५ लाख ४९ हजार १११ जनामा रोग देखिएको छ भने ४ लाख २८ हजार ६७० जना निको भएका छन्। हाल देशभर १ लाख १३ हजार ३९४ जना सक्रिय संक्रमित छन्।

About admin

Check Also

यिनै हुन् पूर्णचन्द्र तामाङ जस्ले आफ्नी १५ बर्षिया छोरा र ३५ बर्षिया श्रीमतीलाई…..

इलाम : इलामको देउमाई नगरपालिका-५ का एक व्यक्तिले गए राती पत्नी र छोरीको ह’ ‘त्या …

Leave a Reply

Your email address will not be published. Required fields are marked *