Sunday , September 26 2021
Breaking News
Home / समाचार / उपचार नपाएर बाबू गुमाएका आदर्श मिश्रालाई जेल हाल्न चिकित्सक संघको माग (बिज्ञप्ती सहित)

उपचार नपाएर बाबू गुमाएका आदर्श मिश्रालाई जेल हाल्न चिकित्सक संघको माग (बिज्ञप्ती सहित)

काठमाडौ । नेपाल चिकित्सक संघले चर्चित कमेडियन आदर्श मिश्राालाई कारवाही गर्नुपर्ने माग गरेको छ । चिकित्सकसंघले शनिवार विज्ञप्ती जारी गरेर यस्तो आग्रह गरेको हो ।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेज (एनएमसी) र नारायणी क्षेत्रीय अस्पतालको लापरवाहीका कारण आफ्ना बुवाको निधन भएको भन्दै चर्चित कमेडियन आदर्श मिश्रााले केही दिन यता सामाजिक सञ्जालमा आफ्नो भनाई सार्वजनिक गर्दै आएका थिए ।

चिकित्सकको लापरवाही भएको आरोप लगाएर सामाजिक सजालमा पोष्ट गरेको भन्दै संघले कारवाहीको माग गरेको हो । आफ्नो बुवाको निधन भएको भोलीपल्ट मिश्रााले उपचारका क्रममा आफुले पाएको समस्याका बारेमा भिडियो सार्वजनिक गरेका थिए ।

उनले भनेका थिए, त्यहाँका नर्सले डाक्टरका अगाडि डायलासिस मेसिन ४ घण्टाका लागि सेट गर्ने, तर डाक्टर हिँड्ने बित्तिकै ३ घण्टामा झार्ने सम्म पनि गरे । उनीहरूलाई घर जान हतार थियो होला, तर उनीहरूका कारण आज मेरो बुबा भने घर फर्किन पाउनुभएन ।’

About admin

Check Also

छोरी लिएर बस्ने श्रीमान श्रीमती छुट्ने भए, डिभोर्स पेपरमा यस्तो सम्म लेखियो, श्रीमती रुदै यसो भनिन् (भिडियो)

काठमाडौ । पछिल्लो समय झापा पाडाजुगीकी डोनु विश्वकर्माको विषय निकै चर्चामा छ । उनका श्रीमानले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *