Friday , June 18 2021
Breaking News
Home / समाचार / सरकारले सर्वसाधारणलाइ खुसि बनाउन बजेट भाषण मार्फत घोषणा गरेका यी ५ चर्चित सुविधा

सरकारले सर्वसाधारणलाइ खुसि बनाउन बजेट भाषण मार्फत घोषणा गरेका यी ५ चर्चित सुविधा

सरकारले विद्यार्थीलाई ल्यापटप किन्न ऋण दिने भएको छ। सार्वजनिक विद्यालय तथा क्याम्पसमा उच्च माध्यमिक र सो भन्दा माथिल्लो तहका विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार रुपैयाँ ऋण दिने भएको हो। शिक्षमा वैकल्पिक सिकाइमा सहजीकरण गर्न सघाउ पुर्याउन सरकारले २ बर्ष सम्मका लागि १ प्रतिशत ब्याजमा ऋण दिने बजेट वक्तव्यमार्फत् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

यसैगरी सरकारले १६ बर्ष माथिका विद्यार्थीका लागि निःशुल्क सीमकार्ड पनि दिने भएको छ। त्यस्तै शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए ।

सरकारले जेष्ठ नागरिकको भत्ता बढाएको छ । भत्ता बढाएर मासिक ४ हजार पुर्याइएको हो। आर्थिक वर्ष २०७८–०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेल*ले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको बताए ।

त्यसैगरी ज्येष्ठ नागरिकका लागि निःशुल्क औषधोपचारको व्यवस्था गरिने भएको छ । ज्येष्ठ नागरिक लगायत सबै प्रकारका सामाजिक सुरक्षा बापत आगामी आर्थिक बर्षका लागि १ खर्ब रुपैया विनियोजन गरिएको पनि उनले बताए । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरालाई फराकिलो बनाई असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरुलाई पनि सहभागी गराइने भएको छ । समाजिक सुरक्षाका विभिन्न कार्यक्रमका लागि १४ अर्ब रुपैया विनियोजन गरिएको छ ।

त्यसैगरी महिला, बालबालिका र जेष्ठ नागरिकका लागि १ अर्ब २० करोड रुपैया विनियोजन गरिएको छ । राट्रपति महिला उद्यमी कार्यक्रम अन्र्तगतका कार्यक्रमलाई विस्तार गरिने, बालप्रज्ञा प्रतिष्ठान स्थापना गर्न, झापाको दमकमा चिल्डेन प्याराडाईज स्थापना गर्न र विभिन्न स्थानमा बालबालिकाको क्षमता अभिवृद्धिका कार्यक्रमका लागि बजेटको व्यवस्था गरिएको छ । प्रत्येक जिल्लामा बालकल्याण अधिकारीको व्यवस्था गरिने भएको छ । त्यसैगरी ज्येष्ठ नागरिकका लागि अस्पतालमा अलगै वेडको व्यवस्था गर्ने लगायत कार्यक्रमहरु पनि सरकारले अघि सारेको छ ।

त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आगामी बर्ष २ लाख रोजगरी सृजना गरिने भएको छ । कार्यक्रमको लागि १२ अर्ब विनियोजन गरिएको छ । बैदेशिक रोजगारीबाट फर्केकालाई सिप मुलुक तालिम दिइने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले तालिमका लागि ४० करोड विनियोजन गरिएको जानकारी दिए ।

यसबाट १ लाख रोजगारी सृजना हुनेछ । निजी क्षेत्रको सहकार्यमा उद्योगभित्र तीन महिनाको तालिम दिईनेछ । तालिमको लागि अनुदान दिईनेछ । यसबाट थप २५ हजार रोजगारी सृजना हुने अर्थमन्त्रीले बताए ।

About admin

Check Also

सेजलको बेडरुममा देखियो हेर्ने नसकिने दृश्य, यौ नच जन्य सामान, सिरिन्ज र यस्ता दागहरु देखिए (भिडियो सहित)

झापा । दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको क र णी पछि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *