Thursday , October 28 2021
Breaking News
Home / समाचार / सरकारले सरकारी कर्मचारीहरुलाई दियो यस्तो सुविधा, यी कर्मचारीको पनि बढायो तलव

सरकारले सरकारी कर्मचारीहरुलाई दियो यस्तो सुविधा, यी कर्मचारीको पनि बढायो तलव

सरकारले सरकारी कर्मचारीहरुलाई १० दिन भ्रमण बिदा दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् सरकारले यो घोषणा गरेको हो । बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारले ‘पर्यटन काज’को यो नीति ल्याएको बताए ।

‘आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकम सहित पर्यटन काज उपलब्ध गराइने छ,’ मन्त्री पौडेलले भने । उनले निजी क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई समेत सोही अनुसारको सुविधा प्रदान गर्न प्रेरित गरिने बताए ।

यसअघि कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रको उत्थान गर्न तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले सातामा दुई दिन सार्वजनिक विदा दिने प्रस्ताव गरेका थिए । तर, यो विदाको दुरुपयोग हुनसक्ने भन्दै आलोचना भएपछि सरकारले निर्णय गरेको थिएन ।

यस्तै सरकारले सरकारी कर्मचारीको तलव २ हजार रूपैयाँले वृद्धि गरेको छ ।अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको आय-व्यय विवरणमा सबै राष्ट्रसेवक कर्मचारीको तलव दुई हजार रूपैयाँले वृद्धि गरेको जानकारी दिए ।

कोभिड-१९ महामारीका कारण तलव बढाउने अनुकूल परिस्थिति नभए पनि सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता बढाउन साउन १ देखि लागू हुने गरी सबै राष्ट्रसेवकको तलवममानमा मासिक २ हजार वृद्धि गरेको अर्थमन्त्रीले बताए ।

हालको महंगी भत्तालाई निरन्तरता दिएको पनि उनले जानकारी दिए । नेपालका कर्मचारीको तलवमानलाई दक्षिण एसियाका कर्मचारीसँग तादम्यता कायम गर्न तलवमानसम्वन्धी अध्ययन गरी सुझाव पेस गर्न सरकारले ‘पे कमिसन’ गठन गर्ने भएको छ ।

यसअघि आर्थिक वर्ष २०७६/७७ मा सरकारी कर्मचारीको तलब बढाएको थियो । सो वर्ष नायव सुब्बासम्म २० प्रतिशत र त्यसभन्दा माथि १८ प्रतिशत तलव बढाउने घोषणा भएको थियो । समयानुकुल तलव भत्तामा समायोजन गर्दै जानुपर्ने भन्दै कर्मचारी युनियनले सरकारलाई दवाव दिइरहेका थिए ।

त्यस्तै सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको सुविधालाई शतप्रतिशत बढाएको छ। आगामी आर्थिक वर्षको बजेटमा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिँदै आएको यातायात सुविधामा शतप्रतिशत वृद्धि गर्दै १२ हजार पुर्याइएको अर्थमन्त्री विष्णु पौडेलले बताए। हाल देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाहरु रहेका छन्।

त्यस्तै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरुको दुई महिनाको योगदान रकम सरकारले बेहोर्ने भएको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सरकारले २०७८ जेठ र असारको योगदान रकम सरकारले बेहोर्ने बताएका हुन्।

सरकारले निजि क्षेत्रका सबै श्रमिकका लागि सामाजिक सुरक्षा योजना अनिवार्य गरेको छ। यो योजनामा श्रमिकको आधारभूत पारिश्रमिकको ३१ प्रतिशत -मिकको तर्फबाट ११ प्रतिशत र रोजगारदाताको तर्फबाट २० प्रतिशत रकम मासिक रुपमा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था छ। यो योजनामा असंगठित क्षेत्रका श्रमिक तथा स्वरोजगार व्यक्तिहरुलाई समेत समेटिने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

About admin

Check Also

प्रेम विवाह गरेको श्रीमतीको मृत्यु भएको २५ दिन पछि श्रीमानले लाशलाई चिहानबाट निकालेर जे गरे कारण देख्दा सबै आश्चर्य चकित !

अब उत्तर प्रदेशको मेरठको यो दुखद प्रेम विवाह हेर्नुहोस् । थाना लिसादी गेट क्षेत्रको करीम …

Leave a Reply

Your email address will not be published. Required fields are marked *