Sunday , September 26 2021
Breaking News
Home / राजनिति / राष्ट्रपतिलाइ के शब्द प्रयोग गरे देउवाले ओली रिसाउँदै देउवालाई भने ‘पाखण्डी’ बोल्ने भाषा पनि आउँदैन

राष्ट्रपतिलाइ के शब्द प्रयोग गरे देउवाले ओली रिसाउँदै देउवालाई भने ‘पाखण्डी’ बोल्ने भाषा पनि आउँदैन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले शनिबार जारी गरेको विज्ञप्तिको भाषाप्रति आपत्ती जनाएका छन्। देउवाले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले १४९ जनाको हस्ताक्षरसहित दाबी गरे पनि प्रधानमन्त्री नियुक्त नगरेको तर प्रतिनिधि सभा विघटन गरिदिएको भन्दै विज्ञप्ति निकाले थिए।

आज बालुवाटारमा नेता वुद्धिबहादुर रायमाझीको प्रथम स्मृति सभामा ‘पञ्चायती जेलमा १३ वर्ष’ नामक पुस्तक विमोचन गर्दै उनले राष्ट्रपतिप्रति भइरहेको टिकाटिप्पणीको खण्डन गरे। प्रधानमन्त्री ओलीले राष्ट्रपतिको सम्बन्धमा देउवाको विज्ञप्तिमा प्रयोग गरिएको भाषामा ‘तिमी, गरिन्’ भन्ने रहेको भन्दै असन्तुष्टि पोखेका हुन् । ‘तपाईँ पनि भन्नु हुँदैन राष्ट्रपतिलाई भन्ने ठान्छन् । असभ्य तरिकाले बोल्ने तिनै आफूलाई महान ठान्छन् । नेपाली काँग्रेसका सभापतिको त्यस स्तरको भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियान कहाँसम्म पुगेको रहेछ भन्ने अचम्म लाग्यो’ ओलीले भने ।

जसले लोकतन्त्र मान्दैनन्, उनीहरु लोकतन्त्रको प्वाँख जोडेर देशलाई अराजकता र असभ्यताको असभ्यतातिर लान खोजेको छ’, उनले काँग्रेस सभापति शेरबहादुरर देउवाको नामै लिएर पाखण्डी भाषा प्रयोग गरेको बताए ।

‘सम्मानित पदमा पुगेको जनताका छोराछोरीलाई सम्मान गर्नुहुन्न भन्ने हामीलाई परेको छ। अरूको त के कुरा नेपाली कांग्रेसका सभापतिले पनि त्यो गरिमा राख्न चाहनुभएन। राष्ट्रपतिलाई यसो गरिन् भनेर लेखिएको छ,’ ओलीले भने,‘यसबाट थाहा हुन्छ गणतन्त्रलाई खुइल्याउने षडयन्त्र कहाँसम्म पुगेको रहेछ।’

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत १५ वर्षमा बोलेका कुरा र लगाएका आरोप पनि नेपाली संस्कारसँग मेल नखाने बताए।

About admin

Check Also

फुटेर केही पार लागेन फेरि पार्टी एकता गरौँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरी पार्टी एकताका लागि आह्वान …

Leave a Reply

Your email address will not be published. Required fields are marked *