Sunday , September 26 2021
Breaking News
Home / समाचार / फेरी अर्का चर्चित गायिकाले पनि छोडिन् संसार, सांगितिक क्षेत्रमा ठूलो क्षती

फेरी अर्का चर्चित गायिकाले पनि छोडिन् संसार, सांगितिक क्षेत्रमा ठूलो क्षती

काठमाडौ । संक्रमित भएर उपचारार्थ रहेकी गायिका लासिमित राईको निधन भएको छ । संगीतकार आनन्द राईले सामाजिक संजाल मार्फत उनको निधनवारे सार्वजनिक गरेका छन् । राईको श्रीमानको पनि केही समय अघि मात्र निधन भएको थियो ।

‘लब्ध प्रतिष्ठित गायिका आदरणीय लासिमित राई लेप्चा दिदीको असामयिक मृत्युको दुःखद खबरले मन भावह्विवल भएको छ । पीडाको वोध भएको छ’ आनन्दले सामाजिक संजालमा लेखेका छन् ‘केही महिनाअघि मात्रै भिनाजु बित्नु भएको खबरले आश्चर्यमय परेको थिएँ । त्यसपछि एकचोटि मात्रै कुरा हुन सक्यो । त्यो नै अन्तिम कुराकानी भयो ।’

गायक अशोक मुकारुङले गायिका राईको निधन को रो नाका कारण भएको बताएका छन् । ‘नआउ सपना भरी’, ‘तिमीले दिएका वेदना’, ‘टुटेका मन’, ‘सधैँ भरी’, ‘कहिले हराउँदै’, ‘म मैना सरी’, ‘सुन कोशीको सङ्लो पानी’, ‘झारेको आँशु’, ‘तिम्रो माया’, ‘साउने भेलले’लगायतका गीतहरु गायिका लासिमितका लोकप्रिय छन् । यी बाहेक उनका थुप्र गीत सांगीतिक बजारमा आएका छन् ।

गायक अशोक मुकारुङले सोसल मिडिया फेसबुकमार्फत् गायिका राईको कोरोनाका कारण निधन भएको जानकारी गराएका हुन् । गायक मुकारुङले गायिका राईको निधनप्रति श्रद्धाञ्जलि ब्यक्त गर्दै लेखेका छन्, ‘एउटा विशाल आवाजको अन्त्य बहुचर्चित गायिका लासिमित राई दिदीप्रति हार्दिक श्रद्धाञ्जलि, हजुरको बैकुन्ठमा बास होस् ।’

https://www.facebook.com/ashok.mukarung/posts/10215162528575735

गायिका राईको नआउ सपना भरी, तिमीले दिएका बेदना, टुटेका मन, सधैँ भरी, कहिले हराउँदै, म मैनासरी, सुन कोशीको साङ्लो पानी, झारेको आँशु, तिम्रो माया, साउने भेलले’लगायतका गीतहरुपनि चर्चित छन् ।

About admin

Check Also

छोरी लिएर बस्ने श्रीमान श्रीमती छुट्ने भए, डिभोर्स पेपरमा यस्तो सम्म लेखियो, श्रीमती रुदै यसो भनिन् (भिडियो)

काठमाडौ । पछिल्लो समय झापा पाडाजुगीकी डोनु विश्वकर्माको विषय निकै चर्चामा छ । उनका श्रीमानले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *