Sunday , September 26 2021
Breaking News
Home / समाचार / कलाकार केदार घिमिरे ले ओलीलाई व्यंग्यात्मक गर्दै भने, ‘बा ले मध्यरातमा ठोक्नुभएछ’

कलाकार केदार घिमिरे ले ओलीलाई व्यंग्यात्मक गर्दै भने, ‘बा ले मध्यरातमा ठोक्नुभएछ’

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसंगै राजनीतिक दल लगायत विभिन्न क्षेत्रबाट यसको विरोध सुरु भएको छ। शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेकी थिइन् । मध्यराती देखिनै सामाजिक सञ्जालमा विरोधका स्वर गुन्जन थालेका छन् ।

यसै क्रममा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले पनि सामाजिक संजालमा व्यंग्यात्मक गर्दै लेखेका छन्, बा ले मध्यरातमा ठोक्नुभएछ। आमाले बिहानीपख ठोक्नुभएछ।। बिपक्षीलाई, सारंङ्गी र्याईं र्याईं । भयो जीबन तिरीमिरी झ्याईं।। चुनाव भईहाल्यो भने जस्ले बिपत्तीमा जनताको सेवा गर्छ उसैले भोट पाउंछ।। याद गर्नुहोला।। -माग्ने बुडा

त्यस्तै अर्का कलाकार जितु नेपालले पनि सामाजिक संजालमा व्यंग्यात्मक गर्दै लेखेका छन्, पुरानो हर्लिक्सको बिज्ञापनको याद आयो। हामी जे चाहन्छौ त्यही गर्छौं छ्यापलाङ छुप्लुङ…….

त्यस्तै अर्का कलाकार दिपकराज गिरीले सामाजिक संजालमा व्यंग्यात्मक गर्दै नेताहरुको पछाडी लाग्ने कार्यकर्तालाई दह्रो झा’पड हा’नेका छन् । उनले लेखेका छन्, प्लास्टिक को झोला,भन्दा खतरनाक रहेछ पार्टीको झोला,जस्ले बोक्यो त्यस्को ऑखा अन्धो !कान बहिरो !! बुद्धिमा ढक्कन !!!त्यसैले प्लाष्टिकको झोला होइन पार्टीको झोला त्यागौ!!

त्यस्तै अर्का कलाकार मनोज गजुरेलले पनि सामाजिक संजालमा व्यंग्यात्मक गर्दै लेखेका छन्, “कति हेर्नू नाटक देखाउने यिनै हुन्, कता के को व्याख्या गराउने यिनै हुन्, यिनै थिए, यिनै छन् , रहने यिनै हुन्, तपाईंको यो हालत बनाउने यिनै हुन्” -चट्याङ मास्टर

यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीका बेला मध्यावधि चुनावका लागि सरकारको तयारी महंगो पर्ने बताएका छन्। प्रवक्ता शर्माले ट्विटरमार्फत संविधानको सामूहिक बला’त्कारको दुष्परिणाम महँगो पर्ने पनि चेतावनी दिएका छन्।

उनले लेखेका छन्,’अहंकारको वृक्षमा विनाशको फल लाग्छ, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो । बुझिराख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी, महाव्याधिका बेला मध्यावधिको रंगीन सपना महँगो पर्नेछ।’

त्यस्तै जनता समाजबादी पार्टीका नेता बाबुराम भट्राईले यो मध्यावधी चुनाव नभएर संघिय लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने प्रपन्च भन्दै यसको विरोधमा उत्रन आग्रह गरेका छन् ।

विघटनको विरोधमा विवेकशील साझा पार्टीपनि उत्रेको छ । पार्टीका संयोजनक मिलन पाण्डेयले प्रम र राष्ट्रपति मिलेर संसदको ह त्या गरेको आरोप लगाएका छन्। ‘यो सत्ता कव्जा गर्ने षडयन्त्र हो,’ उनले लेखेका छन्, ‘हामी चुप लागेर बस्दैनौ ।

माओवादी केन्द्रका नेता बर्षमान पुनले लोकतन्त्रमाथीको प्र हार भन्दै संविधन कुल्चेको बताएका छन् । ‘मध्यरातमा डकैती गरियो,’ उनले ट्वीट गरेका छन्, ‘ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरातमै रोज्थे ।’

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गैरराजनीतिक र गैरसंबैधानिक कदमले देशलाई काहालिलाग्दो द्धन्दमा लगेको बताएका छन्।

About admin

Check Also

ठुलो दुर्घटनाबाट जोगियो बुद्ध एयरको जहाज, १० मिनेटमै आपतकालीन अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाज फर्किएर काठमाडौंमा नै गएर आपतकालीन अवतरण गरेको छ। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *