Sunday , June 20 2021
Breaking News
Home / समाचार / काठमाडौं उपत्यका बासीको लागि खुशीको खबर

काठमाडौं उपत्यका बासीको लागि खुशीको खबर

शनिबार काठमाडौं उपत्यकामा भेटिएका सङ्क्रमितको संख्या भन्दा निको हुनेको संख्या बढी रहेको छ । काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको संख्या ३१ हजार २३२ मा झरेको छ । शुक्रबार सक्रिय सङ्क्रमितको संख्या ३३ हजार ९१० रहेकोमा आज २ हजार ६७८ जनामा निको भएका हुन् ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार काठमाडौंमा २० हजार १६६ भक्तपुरमा ४ हजार ६१८ र ललितपुरमा ६ हजार ४४८ गरी उपत्यकाका तीन जिल्लामा रहेका सक्रिय सङ्क्रमितको संख्या शनिबार अपरान्हसम्म ३१ हजार २३२ रहेका छन् ।

आज थप २ हजार ३१८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार वितेको २४ घन्टामा काठमाडौंमा १ हजार ८११, भक्तपुरमा १७९ र ललितपुरमा ३२८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।

अर्थात आज नयाँ सङ्क्रमितभन्दा निको हुनेको संख्या ३६० ले बढी छ । मन्त्रालयले सार्वजनिक गरेको २ दिनको विवरणलाई हेर्दा वितेको २४ घन्टामा काठमाडौं उपत्यकामा ४३ जनाले ज्यान गुमाएका छन् ।

हिजोसम्म कोरोनाबाट निधन भएको संख्या (२ हजार १) र आजसम्म निधन भएको संख्या २ हजार ४४ रहेको हुनाले यी दुईबिचको अन्तर ४३ हुन आउँछ ।

About admin

Check Also

काठमाडौ ठमेलका अनिश जसको अमेरिकामा आफ्नै ७ वटा जहाज छन्, कसरी गरे उनले कल्पनै गर्न नसकिने यस्तो चमत्कार ? प्रत्यक्ष हेर्नुहोस् (भिडियो)

हामी वैदेशिक रोजगारी भन्ने वित्तिकै सामान्य साना तिना अरुको कम्पनी वा ब्यवसायमा काम गर्ने भन्ने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *