Sunday , June 20 2021
Breaking News
Home / मनोरंजन / तीन खानका कारण यसरी बर्बाद भयो यी मिस इन्डियाको करियर

तीन खानका कारण यसरी बर्बाद भयो यी मिस इन्डियाको करियर

सन् १९८५ मा मिस इन्डियाको उपाधि जितेकी सानू वालिया आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् । सोनूको जन्म १९ फेब्रुअरी सन् १९६४ मा दिल्लीमा पञ्जाबी परिवारमा भएको थियो । आज हामी तपाईंलाई उनको जीवनका केही किस्साबारे जानकारी दिँदैछौं ।

सोनूले फिल्म खून भरी मांगबाट बलिउडमा डेब्यू गरेकी थिइन् । सोनू त्यो समयमा बोल्ड नायिकाको सूचीमा समावेश थिइन् । सन् १९८८ मा रिलिज भएको फिल्म आकर्षणमा सोनू वालियाले निकै बोल्ड सीन दिइन् ।सोनूले आफ्नो पढाई पूरा गरेपछि मोडलिङको बाटो रोजिन् ।

जुन सही निर्णय साबित भयो किनभने यहाँ उनले चाँडै नै सफलता पाउन पनि सुरु गरिन् । मोडलिङमा सफल करियर बनाएपछि उनले मिस इन्डिया प्रतिस्पर्धामा भाग लिइन् र सन् १९८५ मा मिस इन्डियाको ताज आफ्नो पोल्टोमा पार्न सफल भइन् । मिस इन्डियाको उपाधि जितेपछि सोनू वालियाका लागि बलिउडको बाटो पनि खुल्यो ।

सोनू वालियाले सन् १९८८ मा रिलिज भएको फिल्म ‘खून भरी मांग’ मा काम गरिन् । यो फिल्ममा रेखाले मुख्य भूमिका अपनाएकी थिइन् तर सोनूलाई पनि यो फिल्मले पहिचान दिलायो र उनलाई बेस्ट सपोर्टिङ नायिकाको फिल्मफेयर अवार्ड पनि प्रदान गरियो ।

सन् १९८८ मा रिलिज भएको फिल्म आकर्षणमा सोनू वालियाले निकै बोल्ड सीन दिइन् । झरनाको किनारामा जब उनीमाथि एउटा हट सीन छायांकन गरियो तब तहल्का मच्चियो ।

त्यो समयमा पर्दामा बोल्ड सीन गर्न सहज थिएन । सोनूले एक अन्तरवार्तामा आफ्नो हाइटका कराण फिल्ममा काम पाउन मुश्किल भएको उनले बताइन् । बलिउडबाट बाहिरिनुपरेको दोष उनले तीन खानलाई दिएकी थिइन् ।

उनका अनुसार यी तीन खानका कारण उनले काम नै पाउँदिनथिन् । सोनूको उचाई पाँच फिट ८ इन्च थियो । यो तीनजना खानको उचाईभन्दा निकै धेरै थियो ।

सोनू वालियाले दिल आशना है, खेल, स्वर्ग जैसा घर, आरक्षण, अपना देश पराए लोग, तूफान र तहल्का जस्ता फिल्ममा काम गरिन् तर फिल्ममा उनले खासै सफलता भने पाइनन् तत्पश्चात् उनले बी ग्रेड फिल्ममा काम गर्न सुरु गरिन् ।

पछि उनले यो क्षेत्रलाई पूर्ण रुपमा छोडेर विवाह गर्ने सोच बनाइन् । उनले एनआरआई सूर्य प्रकाशसँग विवाह गरेर घर बसाइन् । सूर्य प्रकाशको निधनपछि उनले दोस्रो विवाह एनआरआई फिल्म निर्माता प्रताप सिंहसँग गरिन् । अब उनी अमेरिकामा बस्छिन् र उनकी एक छोरी पनि छिन् ।

About admin

Check Also

बलिउड नायक सुनिल सेट्टीले अनमोलसँग नेपाली फिल्म खेल्दै, लिने भए यति महँगो पारिश्रमिक, कुन रोलमा नेपाली फिल्म खेल्छन सुनिल सेट्टी ?

काठमाडौँ । बलिउड चर्चित नायक सुनील शेट्टी नेपाली फिल्ममा खेल्नका लागि राजी भएका छन् । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *