Wednesday , December 1 2021
Breaking News
Home / समाचार / भर्खरै सरकारले निषेधाज्ञा बढायो, सवारीसाधन जोरबिजोर खोल्न दिने बिषयमा दियो यस्तो सूचना

भर्खरै सरकारले निषेधाज्ञा बढायो, सवारीसाधन जोरबिजोर खोल्न दिने बिषयमा दियो यस्तो सूचना

नेपालमाभाइरसका एक हजार ६९४ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख आठ हजार ४७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै नेपालमा हाल ६८ हजार ९५५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा तीन हजार ९९४ जना मुक्त भएको जनाएको छ । हालसम्म नेपालमा मुक्त हुनेको संख्या पाँच लाख ३१ हजार १०५ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा ४६ जना सङ्क्रतिको मृत्यु भएको छ । हालसम्म सङ्क्रमणले नेपालमा मृत्यु हुनेको संख्या आठ हजार ४१२ पुगेको छ । नेपालमा हालसम्म ३२ लाख १४ हजार ७२५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साताको लागि लम्ब्याइएको छ। जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता लम्बाउने निर्णय भएको हो । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन्।

यी क्षेत्र हुने भए खुला :

पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने

तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्ने

अनलाइन डेलिभरी र होटेल रेष्टुरेष्टहरुले टेकअवे सेवा गर्न दिने

निर्माण सामाग्रीका पसल दिउँसो ४ बजेपछि मात्र खोल्न पाउने

एम्बुलेन्स, शव बाहनलगायत स्वास्थ्य सेवामा खटिने साधनले परिचय पत्र देखाउनु पर्दैन। बैंक तथा वित्तीय संस्थाका लागि पनि केही नियम खुकुलो बनाइएको छ। पहिले जिल्लामा दुई वटा बैंकका शाखा सञ्चालन गर्न दिइएको थियो। यसमा सामान्य सहजीकरण गरिएको भट्टराईले बताए।

सहकारीका लागि सातामा दुई दिन खोल्न दिने निर्णय भएको छ। बैंकहरूको अरू शाखा खोल्नका लागि राष्ट्र बैंकमार्फत् कुरा गरेर कति दिन खोल्ने भन्ने राष्ट्र बैंककै प्रोटोकलअनुसार खोल्न सकिने पनि उनले बताए।

अन्तर्राष्ट्रिय मापदण्डमा पाँच प्रतिशतमा संक्रमणदर घटेपछि निषेधाज्ञा हटाउने प्रचलन रहेको भन्दै पराजुलीले भने, ‘काठमाडौंको संक्रमणदर अहिले देशभरको जस्तै छ, यो अवस्था अलि सहज भयो भने निषेधाज्ञालाई क्रमश सहज गरिन्छ।’ थपिएको निषेधाज्ञाको अवधिमा काठमाडौं उपत्यकाको संक्रमणदर विश्लेषण गरिने र त्यसपछि के गर्ने भन्ने निर्णय आउने उनले बताए।

‘काठमाडौंमा लामो समय निषेधाज्ञा लगाउने हाम्रो योजना छैन, अहिले जुन रूपमा घटिरहेको छ, त्यसलाई विश्लेषण गरी स्वास्थ्य मन्त्रालयसँग कुरा गर्छौं,’ पराजुलीले भने, ‘अर्को सातासम्म हेरौं। त्यसपछि केही सहज पक्कै हुन्छ कि।’ काठमाडौंमा १० प्रतिशतमा संक्रमण घटेपछि भने जोरबिजोर प्रणालीद्वारा यातायात सञ्चालन गर्न सकिने आकलन उनको छ।

यसअघि भएका प्रमुख जिल्ला अधिकारीहरुको छलफलमा जोर–विजोर प्रणालीमा यातायात सञ्चालन गर्न दिने भन्नेबारे पनि कुराकानी भएको थियो । तर स्वास्थ्य मन्त्रालयले त्यो जोखिमपूर्ण हुने बताएपछि आइतबारको बैठकमा यातायातसम्बन्धी विषयले प्रवेश पाएन ।

About admin

Check Also

कठै मान्छेको भाग्य ! अहिलेसम्म २५ जनासंग विवाह गरे तर म र्ने बेलामा यी बुबा एक्लै छन् (भिडियो हेर्नुस्)

भनिन्छ बिबाह भनेको एउटा यस्तो पबित्र बन्धन हो जसमा मान्छे जिबनमा एकपटक मात्र बाधिन्छ तैपनी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *