Saturday , July 24 2021
Breaking News
Home / समाचार / असार १ गते देखि पसलहरु खुल्ने, निषेधाज्ञा यथावत

असार १ गते देखि पसलहरु खुल्ने, निषेधाज्ञा यथावत

४५ दिन लामो लकडाउन पछि आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र(डीसीएमसी) को बैठकले असार १ गते (मंगलवार) देखि कैलालीमा लकडाउनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी तथा डीसीएमसीका संयोजक खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले असार १ गतेदेखि कैलाली जिल्लामा बिहान ११ बजेसम्म सम्पूर्ण पसलहरु खोल्न दिने निर्णय गरेको छ । ११ बजेपछि पसल खोलेमा भने कारबाही गरिनेछ । यद्दपि सो अबधिमा जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्न भने पसल सञ्चालक र ग्राहकलाई अनिवार्य गरिएको छ ।

प्रजिअ रिजालले डीसीएसमसीको निर्णय उल्लंघन गर्दै तोकिएको समयपछि पसल खोलेको पाईएमा १ महिना जरिवाना वा ५ लाख रुपैया जरिवाना वा दुबै सजाय गरिने बताए ।

प्रजिअ रिजालका अनुसार पसल खुलेपनि निषेधाज्ञा भने यथावत हुनेछ । जिल्लामा सवारी साधन चलाउनमा ७ गतेसम्म नै रोक लगाईएको छ । खाद्यान्न, दुग्धजन्य पदार्थ ढुवानी गर्ने साधन, एम्बुलेन्स, प्रेसका साधनहरु भने चल्न दिने निर्णय गरिएको छ ।

बैठकमा यातायात व्यवस्था कार्यालय, मालपोत कार्यालय र कर कार्यालय खोल्ने सम्बन्धमा छलफल भएपनि सहभागीहरुले तत्काल ती कार्यालयहरु सञ्चालन गर्नु जोखिम पूर्ण भएको बताएपछि ती कार्यालयहरु खोल्ने निर्णय हुन सकेन । यद्दपि एक हप्ताको समीक्षापछि भने ती कार्यालयहरु खोल्न दिने वा नदिने टुंगो लाग्ने बताईएको छ ।

About admin

Check Also

सिडियो भन्छन्, ‘काठमाडौमा अब निषेधाज्ञा खोल्ने होइन अब बनाउने बेला भयो’

काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेको लामो समय भयो । मोडालिटि परिवर्तन गर्दै जिल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *