Thursday , October 28 2021
Breaking News
Home / समाचार / खुशीको खबर : अभिनेत्री निशा घिमिरे बोल्न थालिन !

खुशीको खबर : अभिनेत्री निशा घिमिरे बोल्न थालिन !

काठमाडौं–नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनका बुबा प्रेम घिमिरेका अनुसार निशाको पुनः उपचार सुरु गरिएपछि उनको स्वास्थ्यमा पहिलाको भन्दा धेरै सुधार भएको छ ।

‘पहिला उसले केही बोल्न सक्ने अवस्था थिएन । अहिले स्वास्थ्य सुधारोन्मुख हुँदैछ । म हिजो हस्पिटल गएर ‘छोरी के छ ? भनेर सोधेको थिएँ । उसले ‘हा’, ‘हो’ गरेर रुन खोजी’, प्रेमले भने, ‘म घर जान्छु, यहाँ भाइ बसेको छ भनेर फर्किएँ । सोचेभन्दा राम्रो सुधार भएको छ ।’

प्रेमले छोरीको अनुहार ‘फ्रेस’ देखिएको खुलाए । ‘छोरीको अनुहारमा चमक आएको छ । उसको अनुहार हेर्दा स्वास्थ्य राम्रो हुन्छ भन्नेमा परिवार आशावादी छौं’, उनले खबरहबसँग भने, ‘दुर्घटनापछि छोरी मुढा जस्ती भएकी थिइन् । बोल्ने अवस्था पनि थिएन । अहिले ‘हा’, ‘हो’ गरेर भए पनि बोल्ने भएकी छन् ।’

तीन वर्षअघि मोडलिङ पढ्न भारतको देहरादुन पुगेको डेढ महिनामा नै निशा सडक दुर्घटनामा परेकी थिइन् । दुर्घटनामा टाउकोमा ग म्भीर चो ट देहरादुनमा प्राथमिक उपचार गरेर उनलाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको थियो ।

प्रेमले छोरीको उपचारमा हालसम्म ३० लाख रुपैंयाँ बढी खर्च भइसकेको जनाए । उनको स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीले घरबाट उद्धार गरी नर्भिकमै निःशुल्क उपचार गराइरहेकी छन् ।

तीजको गीतको भिडियोबाट मोडलिङ यात्रा सुरु गरेकी निशाले तीन दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरेकी थिइन् । उनले फिल्म ‘मधेशीपुत्र २’, टेलीफिल्म ‘डियर जिन्दगी’मा पनि अभिनय गरेकी थिइन् ।

धमाधम सहयोगनिशाको उपचारका लागि आर्थिक सहयोग जु’ट्ने क्रम बढिरहेको छ । उनलाई चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी क’ल्याणकारी कोषबाट ५१ हजार, अभिनेत्री करिश्मा मानन्धरबाट २५ हजार, अभिनेत्री रेजिना उप्रेतीबाट १० हजार, अमेरिकामा रहेकी अभिनेत्री उषा पौडेलबाट २२ हजार, प्रकाश थापाबाट १० हजार, नेपाल म्युजिक भिडियो कलाकार संघबाट २० हजार सहयोग प्राप्त भएको छ ।

About admin

Check Also

प्रेम विवाह गरेको श्रीमतीको मृत्यु भएको २५ दिन पछि श्रीमानले लाशलाई चिहानबाट निकालेर जे गरे कारण देख्दा सबै आश्चर्य चकित !

अब उत्तर प्रदेशको मेरठको यो दुखद प्रेम विवाह हेर्नुहोस् । थाना लिसादी गेट क्षेत्रको करीम …

Leave a Reply

Your email address will not be published. Required fields are marked *