Saturday , July 24 2021
Breaking News
Home / अन्तरास्ट्रिय / सुशान्तको मृत्यु भएको १ बर्ष पछि अंकिताले सुशान्तको निकालिन यस्तो भिडियो, बनायो सबैलाई भावुक (भिडियो सहित)

सुशान्तको मृत्यु भएको १ बर्ष पछि अंकिताले सुशान्तको निकालिन यस्तो भिडियो, बनायो सबैलाई भावुक (भिडियो सहित)

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु भएको एक वर्ष पुरा भएको छ । यद्धपी उनको मृत्युलाई रहस्यमय बताइएको छ । प्रहरीले फरक ढंगले यो घटनाको अनुसन्धान जारी राखेको छ ।

सुशान्तको मृत्यु भएको एक वर्षको पुण्य तिथीमा उनको पूर्व प्रेमिका अंकिता लोखन्डेले स्मरण गरेकी छन् । सुशान्तसंगको भिडियो सार्वजनिक गर्दै उनले पहिलो पुण्यतिथिमा आफ्ना पूर्व प्रेमीलाई सम्झिएकी छिन् ।

अहिले अंकिताले आफ्नो जिवनमा अर्का प्रेमी भित्र्याइसकेकी छन् । अंकिता र सुशान्त केही वर्ष संगै बसेका थिए । उनीहरुबीच गहिरो प्रेम थियो । तर सुशान्तको साथ छुटेपछि अंकिता आफ्नो जिवनमा अगाडी बढीन् ।

तर सुशान्तको निधन पछि अंकिता उनको परिवारको साथमा सहारा बनेर खडा भइन् । अंकितालाई सुशान्तका परिवारले पनि निकै माया गर्छन । सुशान्तको वुवाले पनि अंकिताको प्रशंसा गरेका थिए ।

सुशान्तको एक वर्षको पुण्यतिथीमा अंकीताले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सुशान्तसँगका आफ्ना फोटो राखेर एउटा भिडियो बनाएकी छिन् । सुशान्त अघिल्लो वर्ष आजकै दिन मुम्बईको बान्द्रास्थित उनको निवासमा मृ त भेटिएका थिए ।

अंकिता र सुशान्त ८ वर्षभन्दा सम्बन्धमा थिए । उनीहरु भारतीय टेलिभिजनका अत्यधिक रुचाइएका जोडीमध्येका एक हुन् । यी दुई पवित्र रिश्ताको सुटिङका क्रममा प्रेम सम्बन्धमा बाँधिएका थिए । तर सन् २०१६ मा उनीहरु आफू अलग्गिएको घोषणा गरे ।

उनले सुशान्तसंगका तस्बिरहरु निकै मार्मीक ढंगले प्रस्तुत गरेकी छन् । अंकिताले यो भिडियो पोस्ट गर्दा क्याप्सन लेखिन्, ‘१४ जून । यो हाम्रो यात्रा थियो । फिर मिलेंगे चल्ते चल्ते ।’भिडियो 

About admin

Check Also

आँखीभौँ छेड्दा एक्कासी फुल्यो अनुहार, एक हप्ताभित्रै युवतीको मृत्यु

आफ्नै घरमा आँखीभौँ छे’डेका कारण स्कूलमा पढ्दै गरेकी एक किशोरीको मृत्यु भएको छ । १५ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *