Saturday , July 24 2021
Breaking News
Home / समाचार / मेलम्ची नदीमा भिषण बाढी : सेना, सशस्त्र प्रहरीको क्याम्प र नेपाल प्रहरीको चौकी बगायो

मेलम्ची नदीमा भिषण बाढी : सेना, सशस्त्र प्रहरीको क्याम्प र नेपाल प्रहरीको चौकी बगायो

मेलम्ची । अबिरल वर्षासँगै मेलम्ची नदीमा भिषण बाढी आएको छ । बाढीले नदी किनार आसपासमा रहेका घरहरु बगाएका छन् भने बाढीले कम्तीमा पनि ५ जना बेपत्ता र अन्य धेरै हताहत भएको स्थानीयले बताएका छन् ।

हेलम्बु गाउँपालिका १ नाकोते नजिकैबाट मंगलबार बेलुकी पहिरो गएको थियो । पहिरोले नदी थुनिएको र खोलाको वहाव समेत बढेपछि मेलम्ची खोला एक्कासी उर्लेको स्थानीयले जानकारी दिएका छन् । रातीको समय भएकाले उद्धारका लागि सुरक्षाकर्मी घटनास्थलमा पुग्न सकेका छैनन् ।

मेलम्ची खोलामा आएको बाढीले नदी आसपासमा सञ्चालन गरेको ट्राउट माछा फर्म सबै बगाएको स्थानीयले जानकारी दिएका छन् । हेलम्बु गाउँपालिकाको तिम्बु,चनौटे लगायतका बजारमा समेत बाढीले क्षती बनाएको छ । हेलम्बुको नाकोतेमा आएको पहिरोले स्थानीयमा भागदौड भएको स्थानीय दोर्जे लामाले जानकारी दिए ।

लगातारको वर्षापछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले जनधनको क्षति गरेको आशंका गरिएको छ। हेलम्बुमा रहेका सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बाढीले बगाएको छ।

About admin

Check Also

सिडियो भन्छन्, ‘काठमाडौमा अब निषेधाज्ञा खोल्ने होइन अब बनाउने बेला भयो’

काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेको लामो समय भयो । मोडालिटि परिवर्तन गर्दै जिल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *