Wednesday , July 28 2021
Breaking News
Home / समाचार / सवारी साधन चल्न दिइने र सम्पूर्ण व्यवसाय खोल्न दिइने कुरामा भर्खरै आयो नसोचेको खुसीको खबर।

सवारी साधन चल्न दिइने र सम्पूर्ण व्यवसाय खोल्न दिइने कुरामा भर्खरै आयो नसोचेको खुसीको खबर।

काठमाडौं । देशभर जारी निषेधाज्ञाको स्वरुपमा परिवर्तन गरिने भएको छ । को-भि’ड–१९ सं’कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बुधबारको बैठकले यस्तो निर्णण गरेको हो ।सीसीएमसीका कार्यकारी निर्देशक बा’लानन्द शर्माले एक सातामा दुई दिन बिदा हुने गरी निजी र सार्वजनिक सवारी–साधनमा जोर–बिजोर लागु गरिने जानकारी दिए । उनले सरकारी कार्यालय र अन्य सीमित क्षेत्र खुलाउने निर्णय गरिएको बताए ।‘असार ७ गतेसम्मको को’रोना संक्रमणको अवस्था अध्ययन गरिनेछ ।

त्यसपछि मात्रै कुन–कुन क्षेत्रमा के–के गर्न दिइने भन्नेबारे थप निर्णय गरिनेछ,” शर्माले भने ।गएको वैशाख १३ गते बाँकेबाट सुरु निषेधाज्ञा अहिले ७५ जिल्लामा जारी छ । काठमाडौं उपत्यकामा पछिल्लोपटक असार ७ सम्म निषेधाज्ञा थप गरिएको छ ।कार्यकारी निर्देशक शर्माका अनुसार असार ७ पछि पनि निषेधाज्ञालाई नै निरन्तरता दिइनेछ ।

‘‘असारपछि पनि लकडाउनलाई नै निरन्तरता दिई को’रोना संक्रमणदरको अवस्थाबारे विश्लेषण गरिनेछ । त्यसैअनुरुप स्वास्थ्य मा’पदण्डमा क’डाइ गरी चरणबद्ध रुपमा लकडाउन खु’कुलो बनाउँदै लगिनेछ,” उनले भने ।शर्माका अनुसार अब अन्य व्यापार, व्यवसाय खुलाउन दिइनेछ ।

‘‘अहिले जारी निषेधाज्ञामा अत्यावश्यक खाद्यान्न पसल, तरकारी पसलहरु खुलाउन दिइएको छ । तर, असार ७ पछि भने यस्तो हुने छैन । स्मार्ट लकडाउन जारी भएपछि विभिन्न किसिमका पसलहरु खोल्न दिइनेछ,” शर्माले भने, ‘‘यसका लागि समय तोकिनेछ ।

खाद्यान्न पसललाई ९ बजेसम्म खोल्न दिने गरी समय तो’किनेछ । कपडा पसल, इलेक्ट्रोनिक पसल १० देखि १२ बजेसम्म खोल्ने समय मिलाइनेछ । त्यस्तै, हार्डवेयर पसल १ देखि ४ बजेसम्म खोल्न दिइने समय तालिका बनाइनेछ । विकास निर्माण क्षेत्र र अत्यावश्यक उद्योग स्वास्थ्य मा’पदण्ड पालना गरी खोल्न दिइनेछ ।”

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सीसीएमसीको बैठक बसेको थियो । उक्त बैठकले निषेधाज्ञालाई ‘स्मार्ट लकडाउन’मा परिणत गर्ने निर्णय गरेको हो ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संक्रमण नबढ्ने गरी खुकुलो बनाउँदै लैजानुपर्ने बताएका थिए । स्वास्थ्य मापदण्डमा क’डाइ गर्दै च’रणबद्ध रुपमा ज’नजीवन सहज बनाउँदै लैजानुपर्ने ओलीको भनाइ थियो । इसिधाकुरा बाट

About admin

Check Also

यी हुन् प्रहरीका छोरीहरु, जस्ले बुवालाई बचाउँन आमाको मृत्यु सुनाएनन्

संक्रमणबाट आमाको मृत्यु भएपछि गोरखा नगरपालिका–१३, देउरालीका तीन दिदिबहिनी काजकिरियामा बसेका छन्। संक्रमणबाट ४३ वर्षकी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *