Thursday , August 5 2021
Breaking News
Home / समाचार / काठमाडौं बासीहरुको लागि आयो अत्यन्तै खुसीको खबर ! पाउने भए २५ हजार रुपैयाँसम्म छुट: अवस्य पढ्नुहोस

काठमाडौं बासीहरुको लागि आयो अत्यन्तै खुसीको खबर ! पाउने भए २५ हजार रुपैयाँसम्म छुट: अवस्य पढ्नुहोस

काठमाडौं– काठमाडौं महानगरपालिका क्षेत्र भित्रका घरभेटी (घरधनी)हरुले बहाल करमा २५ हजार रुपैयाँसम्म छुट पाउने भएका छन्। काठमाडौं महानगरपालिकाले आवासीय प्रयोजनका लागि घर बहालमा लगाउने लगाउने करदातालाई आगामी आर्थिक वर्षमा २५ हजार रुपैयाँसम्म छुट दिने भएको छ।

महानगरको नवौं नगर अधिवेशनमा बिहीबार आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर विद्यासुन्दर शाक्यले कोभिड १९ महामारीबाट प्रभावित कारदातालाई विशेष कर छुट दिइने बताएका हुन्।

शाक्यद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा बहालमा बस्नेहरुको लगत र सम्झौता वडा कार्यालयमा पेस गर्ने घर धनीहरुलाई घरबहाल करमा १० प्रतिशत वा २५ हजार रुपैयाँमध्ये जुन कम हुन्छ, सोही रकम बराबर छुट दिइने उल्लेख छ।

सहरी सेवा वितरणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूसँगको सहकार्यमा महानगरपालिका क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने व्यक्तिको लगत राखिने विषय पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘बहालमा बस्ने व्यक्तिहरूको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीहरूलाई घर बहाल रकममा १० प्रतिशत वा पच्चीस हजारमध्ये जुन कम हुन्छ सोही रकम बराबर छुट दिइनेछ । यस कार्यका लागि निजी क्षेत्र समेत परिचालन गरिनेछ,’ नीतिमा भनिएको छ ।

यस्तै महानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोभिड – १९ बाट प्रभावित करदातालाई विशेष छुट दिने व्यवस्था गरेको छ । महानगरपालिकालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैंकिङ्ग वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइने, करदाताहरू तथा सार्वजनिक नीजि साझेदारी अन्तर्गत सञ्चालित कार्यक्रमहरुलाई छुट/सहुलियत दिइने काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए।

कोभिड-१९ बाट सङ्क्रमित भएका विरामीको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी, परामर्श तथा उपचारको लागि कल सेन्टर सञ्चालन, मनोसामाजिक परामर्श, टेलिमेडिसिन सेवा, कोभिड परीक्षण, एम्बुलेन्स सेवा, आइसोलेसन सेवा, कोभिड विशेष अस्पताल सेवा र अक्सिजन सपोर्ट लगायतका सेवा निःशुल्क उपलब्ध गराइने पनि उनले बताए।

About admin

Check Also

संसार चकित ! १३ बर्षिय यी नानिले यसरि जन्माईन छोरि ,डाक्टर तिनछक्क (हेर्नुस् भिडियो )

लम्जुङको भोटेओडारमा मात्रै तेह्र बर्षिय नानि हर्षना मियाले लगभक अढाई केजिको बच्चालाइ जन्म दिएकि छिन् …

Leave a Reply

Your email address will not be published. Required fields are marked *