Wednesday , December 1 2021
Breaking News
Home / समाचार / मलामी गएका अधिकारी मृतावस्था फेला परे, यता बालिकाको पनि भयो दुखदायी मृत्यु

मलामी गएका अधिकारी मृतावस्था फेला परे, यता बालिकाको पनि भयो दुखदायी मृत्यु

खोलाले बगाएर बेपत्ता भएका सन्धिखर्क नगरपालिका–५ का ६७ वर्षीय चोलानाथ अधिकारी मृतावस्था फेला परेका छन् । अधिकारीको शव रिङ्गदीस्थित बलेवाको बाँसमा अ’ड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजनविक्रम शाहले जानकारी दिए ।

बुधबार दिउँसो मथुरा खोलाले बगाएर बेपत्ता भएका अधिकारीको शव बिहीबार फेला परेको थियो । शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । मलामी गएका अधिकारी स्थानीय मथुरा खोलाले बुधबार दिउँसो बगाएर बेपत्ता भएका थिए ।

त्यस्तै देउखुरीमा सर्पको ड’साइबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका –७ विजयपुरका चेतबहादुर बोहोराकी १२ वर्षीया छोरी रेश्मा बोहोरा छिन् ।

आज बिहान करिब साढे ७ बजे गोठमा पराल लिन गएका बेला गोमन सर्पले बालिकालाई ड’सेपछि गढवास्थित स’र्पदं’श उपचार केन्द्रमा उपचारार्थ भर्ना गरिएको र सो केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि लमहीस्थित अस्पतालमा ल्याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेको बालिकाकी आमा सरिताले जानकारी दिईन ।

About admin

Check Also

कठै मान्छेको भाग्य ! अहिलेसम्म २५ जनासंग विवाह गरे तर म र्ने बेलामा यी बुबा एक्लै छन् (भिडियो हेर्नुस्)

भनिन्छ बिबाह भनेको एउटा यस्तो पबित्र बन्धन हो जसमा मान्छे जिबनमा एकपटक मात्र बाधिन्छ तैपनी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *