Saturday , July 24 2021
Breaking News
Home / राजनिति / चौतर्फी बिरोध पछि ओली सरकारको निर्णय खारेज गरिदियो सर्वोच्चले

चौतर्फी बिरोध पछि ओली सरकारको निर्णय खारेज गरिदियो सर्वोच्चले

काठमाडौं । आगामी आर्थिक बर्षको बजेटमार्फत ल्याईएको ढुंगा, गिटी बालुवा निकासी गर्ने घोषणा तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले आदेश जारी गरेको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले बजेट बक्तव्यको बुँदा नम्बर १ सय ९९ तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते प्रस्तुत गरेको बजेट वक्तव्यको १९९ नम्बर बुँदामा लेखिएको छ, ‘वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ । निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोप वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था मिलाएको छु ।’

ढुंगा, गिटी र बालुवा निकासी भन्नेबित्तिकै भौगोलिक र जलवायु दृष्टिले संवेदनशील चुरे क्षेत्रको अत्यधिक दोहन हुने भन्दै विरोध हुँदै आएको छ। सरकारले बजेट वक्तव्य मार्फत ढुंगा गिटी निकासी खुला गर्न लागेको भन्दै सर्वोच्च अदालतमा ७ वटा रिट परेको थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै शुक्रबार संवैधानिक इजलासले सरकारसँग ढुंगा, गिटी निकासी खुला गर्नुको कारण पनि माग गरेको छ । यसविरूद्ध सर्वोच्च अदालतमा सात रिट परेका थिए। ती रिटको पहिलो सुनुवाइमै संवैधानिक इजलासले अन्तरिम आदेश गरेको हो।

About admin

Check Also

माधव नेपाललाई राखे महेश वस्नेतले यस्तो प्रस्ताव, अब हामी तपाईको पुत्ला जलाउँदैनौं

काठमाडौं । नेकपा (एमाले)का नेता महेश वस्नेतले वरिष्ठ नेता माधवकुमार नेपाललाई सम्मानजनक वहिर्गमनको प्रस्ताव राखेका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *