Wednesday , December 1 2021
Breaking News
Home / समाचार / पुनः मेलम्चीको बिषण बाढी, बजारमा बाँकी रहेकाहरु माथि उक्लिए

पुनः मेलम्चीको बिषण बाढी, बजारमा बाँकी रहेकाहरु माथि उक्लिए

मंगलबारदेखि निरन्तर आएको मेलम्चीको बाढीले अझै विश्राम लिएको छैन । आज अपराह्न केही घटेको बाढी फेरि अहिले हेलम्बुबाट बढेर मंगलबारको जस्तै ठूलो आवाजमा आएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ । मेलम्चीको बहाव बढेकाले बजारमा बाँकी रहेका मानिसहरु पनि माथि उक्लेका छन् ।

२०७१ सालको जुरे पहिरोदेखि लगातार प्राकृतिक विपत्ति भोगिरहेको सिन्धुपाल्चोक जिल्लामा यस वर्ष पनि वर्षायामको सुरुवातमै ठूलो विपत्ति आइलाग्यो। ७१ सालमा जुरे पहिरोपछि शुरु भएको विपद्को श्रृङ्खला यस वर्ष पनि दोहोरिएको हो। जुरे पहिरोपछि ७२ सालको महाभूकम्पमा देशभरमा भएको मृत्यु संख्याको आधा संख्या सिन्धुपाल्चोकमा मात्रै भयो।

त्यसपछि पनि भोटेकोशी बाढी, जम्बु पहिरो, लिदी पहिरोलगायत दर्जनौं विपत्तिको सामना गरेको सिन्धुपाल्चोक जिल्लालाई नेपाल सरकारले गत वर्ष विपद् जिल्ला समेत घोषणा गरिसकेको छ।

प्रायः बर्खामासको मध्यतिर वा अन्त्यतिर मात्रै विपद् भोग्ने गरेको सिन्धुपाल्चोकले यस वर्ष भने बर्खामासको सुरुवातमै मेलम्ची बाढीको ठूलो विपत्तिको सामना गर्नुपरेको छ।
मंगलबार साँझबाट आएको मेलम्ची र इन्द्रावती खोलाको बाढीले सिन्धुपाल्चोकमा अबौंको क्षति पुगेको छ।

About admin

Check Also

कठै मान्छेको भाग्य ! अहिलेसम्म २५ जनासंग विवाह गरे तर म र्ने बेलामा यी बुबा एक्लै छन् (भिडियो हेर्नुस्)

भनिन्छ बिबाह भनेको एउटा यस्तो पबित्र बन्धन हो जसमा मान्छे जिबनमा एकपटक मात्र बाधिन्छ तैपनी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *