Saturday , July 24 2021
Breaking News
Home / खेलकुद / पोर्चुगलमाथि जर्मनीको सानदार जित

पोर्चुगलमाथि जर्मनीको सानदार जित

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह डीको दोस्रो खेलमा जर्मनीले पोर्चुगलमाथि फराकिलो जित दर्ता गरेको छ । खेलमा सुरुवाती अग्रता लिएपनि पोर्चुगलले डिफेन्समा बिर्सनलायक प्रदर्शन गरेपछि जर्मनी ४-२ को जित दर्ता गर्न सफल रहयो ।

जर्मनी यस जितसँगै समूहको दोस्रो स्थानमा उक्लिएको छ । जर्मनीसँग समान ३ अंक भएपनि हेड टु हेडमा पोर्चुगल तेस्रो स्थानमा रहेको छ । २ खेलमा ४ अंक जोडेको फ्रान्स शीर्षस्थान तथा हंगेरी १ अंक जोड्दै चौथो स्थानमा रहेको छ । समूहको चारै टोलीको अर्को चरणमा पुग्ने सम्भावना रहेको छ ।

खेलको ३५ मिनेटमा जर्मनीले बराबरी गर्न सफल भयो। जर्मनीका गोसेन्सले डिबक्समा हाभर्ट्जलाई पास दिएका थिए। उक्त पास क्लियर गर्ने क्रममा पोर्चुगलका रुबेन डियासले आफ्नै पोस्टमा गोल गर्न पुगे।

चार मिनेटपछि पोर्चुगलले दोस्रो आ’त्मघा’ती गोल गर्दा जर्मनीले अग्रता लियो। यसपटक किमिचको प्रहारलाई रोक्ने क्रममा पोर्चुगलका गुइरेरोले आफ्नो पोस्टमा बल छिराउन पुगेका थिए।

यसै समूहअन्तर्गत शनिबार भएको पहिलो खेलमा क्याटलान क्लब बार्सिलोनाका फरवार्ड एन्टोइन ग्रिजमनले गोल गरेपछि विश्वविजेता फ्रान्स हंगेरीसँग हारबाट जोगिएको थियो । घरेलु टोलीसँग १–० ले पछि परेको अवस्थामा ग्रिजमनले दोस्रो हाफमा गोल गर्दै फ्रान्सलाई हारबाट जोगाए । खेल १–१ गोलको बराबरीमा टुंगिएयो । पुस्कास एरिना बुडापेस्ट हंगेरीमा शनिबार भएको खेलमा फ्रान्सले घरेलु टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राखेपनि काउन्टर अट्याकमा गोल खान पुगेको थियो ।

यो बराबरीपछि फ्रान्सले आफ्नो अपराजित यात्रालाई नवौं खेलसम्म लम्ब्याएको छ । १२ नोभेम्वर २०२० मा मैत्रीपुर्ण खेलमा फिनल्यान्डसँग २–० ले पराजित भएपछि फ्रान्सले ७ जित र २ बराबरीको नतिजा निकालेको छ ।

About admin

Check Also

जर्मनीविरुद्ध रोनाल्डोको गोलको चाैतर्फी चर्चा

क्रिस्टियानो रोनाल्डोले ३६ वर्षको उमेरमा पनि आफ्नो फिटनेसको जादु चलाइरहेका छन्। यो कुरा उनले जर्मनीविरुद्ध …

Leave a Reply

Your email address will not be published. Required fields are marked *