Wednesday , July 28 2021
Breaking News
Home / समाचार / काठमाडौ ठमेलका अनिश जसको अमेरिकामा आफ्नै ७ वटा जहाज छन्, कसरी गरे उनले कल्पनै गर्न नसकिने यस्तो चमत्कार ? प्रत्यक्ष हेर्नुहोस् (भिडियो)

काठमाडौ ठमेलका अनिश जसको अमेरिकामा आफ्नै ७ वटा जहाज छन्, कसरी गरे उनले कल्पनै गर्न नसकिने यस्तो चमत्कार ? प्रत्यक्ष हेर्नुहोस् (भिडियो)

हामी वैदेशिक रोजगारी भन्ने वित्तिकै सामान्य साना तिना अरुको कम्पनी वा ब्यवसायमा काम गर्ने भन्ने सम्झन्छौं । तर विदेशमा कल्पनै गर्न नसकिने प्रगती गरेका थुप्रै नेपालीहरु छन् । जसमध्य अनिश प्रधान पनि एक हुन् । जसको आफ्नै ७ वटा जहाज छन्, गाडी र थुप्रै ब्यवसाय । उनले जहाज आफै बनाउँछन् । पुराना गाडी र जहाज लिएर त्यसलाई नयाँ र नयाँ मोडलमा ढालिदिन्छन् ।

उनले पनि निकै तितो अनुभव गरेका छन् । उनले नेपालमा आफ्नो बारेमा सुनाउँदा सुरुमा नेपालीले विश्वास नगर्ने बताउँछन् । उनको घर ठमेल भगवान वहाहल, अनिश प्रसाद प्रधान हो । एयर क्राफ्ट मेकानिकल काम गर्ने उनले अमेरिकामा भएका आफ्ना जहाज देखाए । जसमा केही नयाँ र केही पुराना छन् । उनले अमेरिकामा १० वर्ष अघि कम्पनी स्थापना गरेका थिए । उनले करिब डेढ वर्ष देखि जहाज सम्बन्धी सबै काम गर्छन् ।

अहिले उनले प्लेन बनाउने, स्ट्रक्चर निर्माण र पुरानो निर्माण पनि गर्ने काम गरेका छन् । जर्नर एभियसन एयरक्राफ्ट देखि सबै प्रकारका प्लेन बनाउँछन् । उनले बनाउने र उडाउने जहाजमा ४ जना बस्न मिल्छ । ब्यक्तिगत रुपमा प्रयोग गर्न मिल्ने जहाज उनले बनाउने गरेका छन् । त्यस्तै उनले जहाज उडाउने तालिम समेत दिन्छन् । उनकै कम्पनीमा आएर जहाज उडाउने तालिम लिने, जहाज किन्ने र लैजाने गर्न सक्छन् । उनले त्यसको लाइसेन्स पनि दिने गर्छन । अमेरिकामा उनले बनाएको जहाज किन्न ४ लाख ५० हजार डलर देखि माथी पर्छ ।

उनी अब नेपालमा आएर केही गर्न चाहन्छन् । तर नेपालमा पैसा कमाउनका लागि होइन यहाँ प्रयोग गर्न सकिने बस्तु प्रयोग गर्ने र यहाँको सौन्दर्यमा रमाउन नेपाल आउन चाहेको बताए ।

About admin

Check Also

श्री कृष्ण श्रेष्ठले अन्तिम अन्तर;बार्तामा यस्तो भनेका थिए – (भिडियो हेर्नुस)

काठमाण्डौं/ नायिका श्वेता खड्का पछिल्लो एक हप्तादेखि विबाहका कारण थप चर्चामा छिन् । कहाँ भेटिएला, …

Leave a Reply

Your email address will not be published. Required fields are marked *