Thursday , August 5 2021
Breaking News
Home / मनोरंजन / आंचल शर्मा भन्छिन्, ‘रियल हिरो पल शाह नै हो, उँहालाइ महानायक राजेश हमालसंग तुलना गर्न मिल्दैन’ (भिडियो)

आंचल शर्मा भन्छिन्, ‘रियल हिरो पल शाह नै हो, उँहालाइ महानायक राजेश हमालसंग तुलना गर्न मिल्दैन’ (भिडियो)

काठमाडौं । नायीका आँचल शर्माको वास्तविक दवाडी हो । तर पनि उनी शर्मा थरवाट चर्चित छन् । उनले एक वर्ष अघि डा उदिप श्रेष्ठसंग विवाह गरेकी छन् । उनको विवाहको समयमा निकै चर्चा भयो । उनले लगाएको लुगा र गहनाको चर्चा भयो भने हेलिकप्टर लिएर रिसेप्सनमा आएको कुराले पनि निकै चर्चा पायो ।

आँचल शर्मा र उनका साथी पल शाहको बारेमा आँचलको विवाह अघि उनीहरुको सम्बन्धलाई लिएर चर्चा गरिन्थ्यो । पल र आँचलको प्रेम रहेको र आँचलले पललाई धोका दिएर उदिपसंग विवाह गरेको सम्मका चर्चा सामाजिक सञ्जालमा भए । तर अहिले ति चर्चा विस्तारै सेलाउँदै गएको छ । एउटै फिल्मवाट काम सुरु गरेका उनीहरुले एक सय भन्दा बढी म्युजिक भिडियो छन् ।

अहिले आँचल फेरी चर्चामा छन् । उनी १० दिनको विपश्यता ध्यानमा गएर फर्केर आएपछि सामाजिक काममा निकै सक्रिय छन् । उनको ब्यवहार र बोल्ने, सोँच्ने शैली पनि परिवर्तन भएको छ । उनले निकै भावुक र दार्शनिक कुरा गर्न थालेकी छन् ।

आफुहरुको सम्बन्ध फरक भएका कारण दुई जनाको फरक फरक ब्यक्तिसंग विवाह भए पनि आँप नाम र जोडी भने संधै रहने उनले बताएकी छन् । धेरै फिल्ममा पलसंग खेलेका कारण दर्शकले मन पराएर बनाइदिनु भएको आँप जोडी संधै रहन्छ, उनले भनिन् यो नामले इतिहास बनाउन सक्छ । तर प्रष्ट हुनुस् हाम्रो प्रेम भने होइन । पलसंगै नाई नभन्नु ल ४ वाट फिल्म खेल्न सुरु गरेकी आँचलले डा उदिप श्रेष्ठसंग विवाह गरेकी छन् ।

यसै क्रममा नायिका आँचल शर्मा र उनका टिमले बिहिबार सिन्धुपाल्चोक पुगेर सहयोग वितरण गरेको छ । नायिका आँचलको साथमा निर्देशक मिलन चाम्स, बसन्त निरौला, कलाकार रितेश चाम्स, ओएसआर डिजिटलका प्रमुख ओम अग्रवाल लगायतको टिमले सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीबाट विस्थापित भएका परिवारलाई खाद्यन्न वितरण गरेको हो ।

सिन्धुपाल्चोक पुगेर फर्किएपछि नायिका आँचल शर्माले त्यहाँको परिस्थिती कहालीलाग्दो रहेको उल्लेख गरेकी छिन् । उनले, सबैको सपना मेलम्चीले बगाएर लगेको भन्दै सबै नेपालीहरु एकजुट भएर सिन्धुपाल्चोकबासीका बगेका सपनालाई पूल बनेर पुरानै लयमा फर्काउनुपर्ने बताएकी छिन् ।

उनले, यो अवस्थामा जसले जसरी सकिन्छ, त्यसरी नै सहयोग गर्नुपर्ने बताएकी छिन् । मेलम्चीमा बाढीले वितण्डा मच्चाएर सयौ मानिसहरुलाई विस्थापित गरेपछि कलाकारहरुले पनि सहयोग वितरणलाई तिव्रता दिएका छन् ।

नायिका आँचल शर्माले चलचित्र ‘नाई नभन्नु ल ४’बाट चलचित्र क्षेत्रको यात्रा तय गरेकी हुन् । यो चलचित्रमा नायिका वर्षा राउत पनि मुख्य नायिकाको रुपमा थिइन् । चलचित्र हिट भएपनि यसको सम्पूर्ण जस आँचललाई गएन । यसपछि, आँचलले सोलो नायिकाको रुपमा ‘ब्ल्याक, जोनी जेन्टलम्यान’ लगायतका चलचित्रमा काम गरिन् । यी दुबै चलचित्र बक्स अफिसमा सुपर फ्लप भए ।

आँचलले समुहमा काम गरेको चलचित्र ‘शत्रु गते, दाल भात तरकारी’ बक्स अफिसमा हिट भएपनि यसको जस उनलाई गएन । आँचलले सोलो नायिकाको रुपमा काम गरेको चलचित्र बक्स अफिसमा सुपर फ्लप हुँदा उनले समुहमा काम गरेको चलचित्र भने हिट भएको छ । यसैले, पनि आँचलले हिट चलचित्रको जस आफूले लिन पाएकी छैनन् ।

नायिका आँचल शर्मा आफ्नो बोलीका कारण बारम्बार चर्चामा आउँछिन् । आँचलले अन्तरवार्ता दिने क्रममा बोलेको कैयो बिषयहरु सामाजिक संजालमा अहिले पनि भाइरल छन् । तर, बिहेपश्चात भने उनी बारम्बार ट्रोलको शिकार भैरहेकी छिन् । बिहेको पार्टीमा लगाएको १६ लाखको लेहेंगा होस् या हालै मात्र पब्जी र टिकटकको बिषयमा बोलेको कुराले नै किन नहोस्, आँचल ट्रोलको शिकार भइन् ।

हुनत, आँचललाई यस्ता ट्रोलमा आउने प्रतिक्रियाले हैरान बनाउँछन् । तर, यसलाई वेवास्ता गर्दै अगाडि बढ्नु अहिलेको समयमा सेलिब्रिटीका लागि सहज भने छैन । अर्कोतिर, आँचल शर्माको बिषयमा विभिन्न खालका चर्चा गर्न चलचित्र क्षेत्र भित्रकै चलचित्रकर्मी पनि पछाडि छैनन् । यो कुरा आँचललाई पनि राम्रोसँग थाहा छ ।

About admin

Check Also

पढ्न पाइने भयो भन्दै यसरी खुसि हुँदै नाचिन बिनिता ,आहा (हेर्नुस् भिडियो )

गुल्मि जिल्लाको इस्मा गाउपालिका ,साउदिमा भोजराज कुमाल करिब आठ महिनाबाट जीवन बेथित गरिरहेका छन् ।काम …

Leave a Reply

Your email address will not be published. Required fields are marked *