Wednesday , July 28 2021
Breaking News
Home / समाचार / एक साता थपियो निषेधाज्ञा: नीजि सवारी जोरविजोर-पसल पनि बार अनुसार संचालन, अन्य छन् यस्ता निर्णय

एक साता थपियो निषेधाज्ञा: नीजि सवारी जोरविजोर-पसल पनि बार अनुसार संचालन, अन्य छन् यस्ता निर्णय

काठमाडौ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एकसाता लम्बाइएको छ । आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागु हुनेछ ।

काठमाडौं, भक्तपुर र ललितपुरमा भाइरस संक्रमण उल्लेखनीयरुपमा नघटेको निष्कर्ष निकाल्दै जारी निषेधाज्ञालाई थप गरिएको ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले बताए । थपिएको निषेधाज्ञा अवधिमा थप केही क्षेत्र खुकुलो तुल्याइएको छ । अहिलेको निषेधाज्ञा असार ७ गते मध्यरातसम्म कायमै छ ।

निजी सवारीलाई जोर(बिजोरअनुसार चल्न दिइने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। यस बारे थप जानकारी केही बेरमा आउने छ । संक्रमण दर घट्दै गएपनि जोखिम भने कायमै रहेकाले निषेधाज्ञा थप गर्ने निर्णय गरिएको हो ।

जारी निषेधाज्ञालाई केही खुकुलो बनाएर एक हप्ता लम्ब्याउने र नीजि सवारी साधनलाई जोरविजोर चलाउन दिने निर्णय भएको उनले बताए । १६ बाट वैशाख जारी निषेधाज्ञा पछिल्लो पटक ७ असारसम्म लम्ब्याइएको थियो।

अब पसलहरु बार अनुसार संचालन गर्न पाइने छ । आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने निर्णय भएको छ,’ निरौलाले भने,‘सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ।’

खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ। रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन्। निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने निरौलाले जानकारी दिए।

About admin

Check Also

यी हुन् प्रहरीका छोरीहरु, जस्ले बुवालाई बचाउँन आमाको मृत्यु सुनाएनन्

संक्रमणबाट आमाको मृत्यु भएपछि गोरखा नगरपालिका–१३, देउरालीका तीन दिदिबहिनी काजकिरियामा बसेका छन्। संक्रमणबाट ४३ वर्षकी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *