Wednesday , July 28 2021
Breaking News
Home / खेलकुद / जर्मनीविरुद्ध रोनाल्डोको गोलको चाैतर्फी चर्चा

जर्मनीविरुद्ध रोनाल्डोको गोलको चाैतर्फी चर्चा

क्रिस्टियानो रोनाल्डोले ३६ वर्षको उमेरमा पनि आफ्नो फिटनेसको जादु चलाइरहेका छन्। यो कुरा उनले जर्मनीविरुद्ध खेलमा शनिबार प्रमाणित गरे।

म्युनिखमा भएको खेलमा जर्मनीले पोर्चगुललाई ४-२ ले पराजित गर्‍यो। पोर्चुगलका लागि रोनाल्डो र डिएगो जोटाले गोल गरे। तर रोनाल्डोले गरेको गोलको अहिले चौतर्फी प्रशंसा भइरहेको छ।

उनले केवल १४ सेकेन्डमा ९२ मिटर दूरी पूरा गरेका थिए। खेलका दौरान रोनाल्डोले १५ मिनेटमा पोर्चगुलको नियन्त्रणमा आयो। रोनाल्डोले बल जोटालाई पास दिए। काउन्टर अट्याकमा जोटाले दिएको पासलाई रोनाल्डोले सानदार गोल गरे।

जुन गोल गर्न रोनाल्डोले ३२ किमि प्रतिघण्टाको गतिमा दौड लगाए र बललाई सानदार फिनिसिङ दिए। रोनाल्डोको यो गोल जर्मनीविरुद्ध पहिलो हो। उनले जर्मनीविरुद्ध कुल ४५० बढी मिनेट मैदानमा बिताएका छन्। जहाँ उनले २५ बढी एटेम्ट गरे। रोनाल्डोले बिनागोल सर्वाधिक धेरै खेल फ्रान्सविरुद्ध ५ खेल खेलेका छन्।

रोनाल्डोले जर्मनीविरुद्ध गोल गरेसँगै जारी युरो २०२० मा गोल संख्या तीन पुर्‍याए। समग्र युरोमा भने उनको यो १२ औं गोल हो। उनी ५ पटक युरो खेल्ने खेलाडीसमेत हुन्।

रोनाल्डोले अहिलेसम्म १०७ अन्तराष्ट्रिय गोल गरेका छन्। उनी सर्वाधिक अन्तराष्ट्रिय गोल गर्नै इरानी खेलाडी अली दाइभन्दा अब २ गोलले पछि छन्।

About admin

Check Also

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

एजेन्सी । कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । आइबार बिहान भएको खेलमा ब्राजिललाई १-० …

Leave a Reply

Your email address will not be published. Required fields are marked *