Wednesday , July 28 2021
Breaking News
Home / समाचार / नेपालमा भेटियो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने नयाँ म्युटेसन

नेपालमा भेटियो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने नयाँ म्युटेसन

नेपालमा संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गरिएको ९ वटा नमुनामा नयाँ म्युटेसन फेला परेको हो ।

काठमाडौं- नेपालमा पछिल्लो समय धेरै जनामा कोरोनाको डेल्ट भेरियन्टको संक्रमण देखिएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनको सहयोगमा गरेको नमुना परीक्षणका क्रममा धेरै जनामा डेल्टा भेरियन्टको संक्रमण देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार देशका विभिन्न भागबाट संकलन गरिएको ४८ वटा नमुनामध्ये ४७ जनामा डेल्टा भेरियन्ट र १ जनामा अल्फा भेरियन्टको संक्रमण देखिएको थियो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका विभिन्न भागबाट वैशाख २६ गतेदेखि जेठ २० गतेसम्म संकलन गरेका ४८ वटा नमुनालाई विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त गरेको भारतको इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टिग्रेटेड बायोलोजी ल्याबमा भएको जीन सिक्वेन्सिङमा उक्त नतिजा आएको हो।

हालसम्म प्राप्त जानकारी अनुसार यो म्युटेसन डेल्टा भेरियन्टभन्दा अझ संक्रामक छ र संक्रमितमा अझ गम्भीर असर देखिएको छ । तर यो म्युटेसनबारे धेरै विषय अध्ययन गर्न नै बाँकी छ ।

नेपालमा यसअघि डेल्टा, अल्फासहित काप्पा भेरियन्ट पनि भेटिएको थियो । तर काप्पा भेरियन्टले स्वास्थ्यमा गम्भीर असर नपार्ने भएकाले डब्ल्यूएचओले यसलाई भेरियन्ट अफ कन्सर्नको नाम दिइसकेको छैन ।

डेल्टा भेरियन्ट अहिले विश्वका ८० भन्दा बढी देशमा देखिएको छ। अल्फा भेरियन्ट १६४ देशमा देखिएको छ।

४७ जनामध्ये ९ वटा नमुनामा के४१७एन भन्ने परिवर्तित रुप देखिएको छ। यो यसअघि पनि नेपालमा देखिएको थियो। यो रुप अहिले संसारका १० वटा देशमा देखिएको डा पौडेलले जानकारी दिए।

विश्व स्वास्थ्य संगठनले हालसम्म नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) र काप्पा (बी.१.६१७.१) देखिएका जनाएको छ। यी तीन भेरियन्टमध्ये नेपालमा हाल डेल्टा (बी.१.७१२.२) भेरियन्ट सक्रिय रहेको डब्लूएचओले जनाएको छ।

डब्लूएचओले बेलायतमा पहिलोपटक भेटिएको भाइरसको भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई बिटा, ब्राजिलमा भेटिएको भेरियन्टलाई गामा र भारतमा भेटिएको भेरियन्टलाई डेल्टा नामाकरण गरेको छ।

बेलायतमा भेटिएको बी.१.१.७ भेरियन्टको नाम अल्फा हो। दक्षिण अफ्रिकाको बी.१.३५१ को नाम बिटा, भारतको बी.१.६१७.२ भेरियन्टको नाम डेल्टा राखिएको छ। यस्तै भारतमै भेटिएको बी.१.६१७.१ भेरियन्टको नामा काप्पा राखिएको छ।

About admin

Check Also

काठमाडौंको बनस्थली क्षेत्रमा भिषण आ’गला’गी

काठमाडौंको बनस्थली क्षेत्रमा आ’गला’गी भएको छ । आज दिउँसो साढे ३ बजेतिर वनस्थलीको एक फ्याक्ट्रीमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *