Wednesday , July 28 2021
Breaking News
Home / समाचार / दीपक मनाङेले मागे भौतिक पूर्वाधार मन्त्रालय, भन्छन् फेरी पनि एमालेसंगै मिलेर चुनावमा जान्छु नत्र राजनीति नै गर्दिन

दीपक मनाङेले मागे भौतिक पूर्वाधार मन्त्रालय, भन्छन् फेरी पनि एमालेसंगै मिलेर चुनावमा जान्छु नत्र राजनीति नै गर्दिन

काठमाडौ । गण्डकी प्रदेशमा विना विभागीय मन्त्री दीपक मनाङेले भौतिक पूर्वाधार मन्त्रालय आफुलाई दिन माग गरेका छन् । मुख्यमन्त्री कष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीपरिषद् विस्तार गर्दा उनलाई विना विभागीय मन्त्री राखेका छन् ।

मनाङेकै कारण उनले मुख्यमन्त्रीमा चुनाव जितेका थिए । सुरुमा गृहमन्त्रालय माग गरेको भएपनि अब उनले आफ्नो दावी भौतिक पूर्वाधार मन्त्रालयमा भएको बताएका छन् ।

नेपाल प्रेसलाई अन्तरवार्ता दिँदै उनले गण्डकी प्रदेशमा प्रहरी प्रशासनले राम्रै काम गरेकाले आफुलाई गृहमन्त्रालयमा काम गर्न आवश्यक नभएकाले मनाङको विकासका लागि पनि भौतिक पूर्वाधार मन्त्रालय आफुले सम्हाल्नुपर्छ भन्ने लागेका छन् ।

मनाङमा फेरी पनि एमालेसंगै मिलेर चुनावमा जाने उनको योजना छ । पृथ्वीसुब्बाले मनाङको विकासमा ध्यान नदिएकाले उनलाई मुख्यमन्त्रीवाट हटाउनका लागि मात्र आफुले अहिले पोखरेललाई साथ दिएको बताएका छन् ।

हाम्रो अहिले ७ वटा जिल्ला बाढी पहिरोबाट प्रभावित छ । त्यस क्षेत्रको चिन्ता हो । म आफै भौतिक पूर्वाधार मन्त्री भए हुन्थ्यो भन्ने हो । त्यो मन्त्रालयको नेतृत्व गर्नु एकदमै जरुरी र महत्वपूर्ण छ, उनले अन्तरवार्ताका क्रममा भनेका छन्, मैले त मनाङको विकास हेर्ने हो ।

मलाई जिताउनमा पनि कसैको योगदान छैन । आफ्नो जिल्लामा बजेटको ओइरो हाल्ने तर मनाङजस्तो सडक समेत नभएको जिल्लामा बजेट नदिने ? मैले यिनिहरूलाई नमस्ते गरेर बस्ने होइन ।

About admin

Check Also

यी हुन् प्रहरीका छोरीहरु, जस्ले बुवालाई बचाउँन आमाको मृत्यु सुनाएनन्

संक्रमणबाट आमाको मृत्यु भएपछि गोरखा नगरपालिका–१३, देउरालीका तीन दिदिबहिनी काजकिरियामा बसेका छन्। संक्रमणबाट ४३ वर्षकी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *