Saturday , July 24 2021
Breaking News
Home / समाचार / सर्बोच्चको आदेशले केपी ओलीको हार भयो कि जीत?

सर्बोच्चको आदेशले केपी ओलीको हार भयो कि जीत?

सर्वोच्चको आदेशपछि प्रधानमन्त्री तथा नेकपा एमाले पार्टी अध्यक्ष केपी ओलीले जितेका छन् कि हारेका छन् भन्ने प्रश्न उठेको छ । अदालतको आदेशपछि ओलीकै नेतृत्वमा एमालेको एकल सरकार कायम हुने भएको छ । तर, उनीसँग भएका चार मन्त्रीले देशमा चुनाव कसरी गराउँछन् त्यो भने हेर्न बाँकी नै छ ।

वर्तमान सरकारमा सहभागी हुनलाई पार्टी विभाजन समेतका लागि तयार भएर जनता समाजवादी पार्टी जसपा को महन्थ ठाकुर पक्ष अब के गर्छ त्यो पनि हेर्न बाँकी नै छ । किनभने महन्त पक्षीय नेताहरु १९ दिनमै सरकारबाट बाहिरिएका छन् ।

संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा गत जेठ २१ गते जसपा सरकारमा सहभागी भएको थियो । सर्वोच्चको आदेशसँगै उपप्रधान एवं शहरी विकासमन्त्री महतो तथा अन्य ८ जना मन्त्री र २ राज्यमन्त्री पदमुक्त भएका हुन् । मन्त्रिपरिषदमा कायम रहेका चार मन्त्री सबै एमालेका हुन् ।

प्रधानमन्त्रीसहित ५ सदस्यीय मन्त्रीपरिषद्ले अब आगामी निर्वाचनसम्म कायम रहने भएको छ । सर्वोच्चको आदेशपछि यो मन्त्रिपरिषदलाई प्रधानमन्त्रीले चलाउन नसक्ने भएका छन् । अदालतले दिएको आदेश भने यस्तो छ ।

सर्वोच्चको आदेशपछि फेरि केपी ओली नेतृत्वमा एमालेको एकल सरकार कायम भएको छ । पार्टी विभाजन समेतका लागि तयार भएर वर्तमान सरकारमा सहभागी भएको जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष १९ दिनमै सरकारबाट बाहिरिएका छन् ।

संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा गत जेठ २१ गते जसपा सरकारमा सहभागी भएको थियो । सर्वोच्चको आदेशसँगै उपप्रधान एवं शहरी विकासमन्त्री महतो तथा अन्य ८ जना मन्त्री र २ राज्यमन्त्री पदमुक्त भएका हुन् । मन्त्रिपरिषदमा कायम रहेका चार मन्त्री सबै एमालेका हुन् ।

प्रधानमन्त्रीसहित ५ सदस्यीय मन्त्रीपरिषद्ले अब आगामी निर्वाचनसम्म कायम रहने भएको छ । सर्वोच्चको आदेशपछि यो मन्त्रिपरिषदलाई प्रधानमन्त्रीले चलाउन नसक्ने भएका छन् ।

सरकारले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेको थियो । यद्यपि, संसद विघटन र मध्यावधि चुनावविरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन छ । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशले राजनीतिक जटिलतातर्फ धकेल्ने बताएका छन्। अदालतको फैसला अप्रत्यासित रहेको बताए।

About admin

Check Also

सिडियो भन्छन्, ‘काठमाडौमा अब निषेधाज्ञा खोल्ने होइन अब बनाउने बेला भयो’

काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेको लामो समय भयो । मोडालिटि परिवर्तन गर्दै जिल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *