Saturday , July 24 2021
Breaking News
Home / प्रमुख समाचार / निशेषाज्ञा खुकुलो भयो भनेर काठमाडौ आउँदै हुनुहुन्छ ? यस्ता कागजात नल्याए प्रवेश पाइन्न

निशेषाज्ञा खुकुलो भयो भनेर काठमाडौ आउँदै हुनुहुन्छ ? यस्ता कागजात नल्याए प्रवेश पाइन्न

काठमाडौं । काठमाडौ उपत्यकामा लामो समय देखि जारी निषेधाज्ञा केही खुकुलो पारिएको छ । स्मार्ट लकडाउन लागू गरेर केही सेवाहरु सुचारु गर्ने अनुमति दिइएको छ ।

उपत्यकामा रोजगारी गर्नेहरु अब काठमाडौ फर्कन सक्ने सम्भावना बढेको छ । नीजि सवारी साधन चलाउन अनुमति दिएसंगै उपत्यकाका सडकमा सवारी चाप पनि बढेको छ ।

निषेधाज्ञा अवधिभर अत्यावश्यक कामका लागि जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर मात्र काठमाडौं उपत्यका प्रवेश गर्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार सूचना जारी गर्दै अत्यावश्यक कामका लागि अन्तर जिल्ला जान पाइने तर त्यसका लागि कागजात आवश्यक पर्ने जनाएको छ ।

मृत्यु संस्कार, कुरुवा लगायतका कार्यका लागि उपत्यका बाहिर जान र आउन स्थानीय तहको सिफारिससहित प्रशासनमा निवेदन दिएमा अन्तरजिल्ला आवतजावत गर्न पाइने जनाएको हो । साथै, स्थानीय ढुवानी विहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म गर्न नपाइने आदेश पनि प्रशासनले जारी गरेको छ ।

About admin

Check Also

नेपालमा बाढीको खतरा देखेपछि चीनले थाल्यो यस्तो तयारी

चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ नागरिरले चारैतिरबाट पानी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *