Saturday , July 24 2021
Breaking News
Home / समाचार / आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक सहित तीन जनालाई १ अर्ब ३३ लाख बढीको मुद्दा दायर

आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक सहित तीन जनालाई १ अर्ब ३३ लाख बढीको मुद्दा दायर

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्यौट आयोग, २०७१ का सदस्यसमेत रहेका शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो । तीनजनाबाट विगोवापत एक अर्ब ३३ लाख २० हजार ३ सय ८५ कायम गरी आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताएका छन् ।

आयोगको अध्यक्षका रुपमा लुम्बध्वज महत तथा सदस्यद्वय उमेशप्रसाद ढकाल र चुडामणि शर्मा ढकालले अधिकार क्षेत्रभन्दा बाहिर गइ करदातासँग कर फर्छ्यौट सम्झौता गरी राजस्व रकम चुहावट गरेको सम्बन्धमा मुद्दा दायर गरिएको हो । उनीहरुले एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ वक्यौता कर छुट दिएको पुष्टि भएपछि उनीहरुविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

About admin

Check Also

जोन्सनको खोप लगाउनासाथ धादिङमा एक जनाको मृत्यु

काठमाडौ । एक डोज मात्र लगाए पुग्ने अमेरिकाको जोन्सन एण्ड जोन्सन कम्पनीको खोप लगाएपछि एक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *