Thursday , August 5 2021
Breaking News
Home / समाचार / काठमाडौँ बासीको लागि आयो अहिले सम्मकै खुसिको खबर : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकाल्यो यस्तो तथ्यांक

काठमाडौँ बासीको लागि आयो अहिले सम्मकै खुसिको खबर : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकाल्यो यस्तो तथ्यांक

काठमाडौं । दुई सातायता कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुने दर अत्यधिक रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९ जेठ २०७८ यता दैनिक संक्रमित संख्याभन्दा संक्रमणमुक्त हुनेको संख्या अत्यधिक रहेको पाइएको हो ।

२९ जेठमा ३ हजार ३ सय ८४ जनामा संक्रमण देखिएकोमा ६ हजार २ सय ९५ जना संक्रमणमुक्त भएका थिए । त्यसयता दैनिक थपिने संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । २ सातामा ३८ हजार ६ सय ९० जनामा संक्रमण पुष्टि हुँदा ५५ हजार ५ सय ९६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याकंले देखाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४ सय ५५ जना संक्रमित निको भएका छन् । हाल नेपालमा संक्रमित निको हुने दर ९१ दशमलव ३ प्रतिशत रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ७६ हजार ४ सय १३ जना संक्रमित निको भइसकेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

About admin

Check Also

संसार चकित ! १३ बर्षिय यी नानिले यसरि जन्माईन छोरि ,डाक्टर तिनछक्क (हेर्नुस् भिडियो )

लम्जुङको भोटेओडारमा मात्रै तेह्र बर्षिय नानि हर्षना मियाले लगभक अढाई केजिको बच्चालाइ जन्म दिएकि छिन् …

Leave a Reply

Your email address will not be published. Required fields are marked *