Thursday , August 5 2021
Breaking News
Home / समाचार / अब खाडी देशमा काम गर्न जाने नेपालीहरुको लागि आयो यस्तो नियम, नियम पालना नगरे जान नपाउने

अब खाडी देशमा काम गर्न जाने नेपालीहरुको लागि आयो यस्तो नियम, नियम पालना नगरे जान नपाउने

भाइरसविरुद्धको खोप नलगाएका नेपाली कामदार अब खाडीका मुलुक जान नपाउने भएका छन्। खाडीका देशहरुले खोप लगाएकाहरु लाई मात्र आफ्नो देशमा रोजगारीको अवसर दिने भएपछी यस्तो अवस्था सिर्जना भएको हो। अब खाडी देशमा काम गर्न जाने युवाका लागि सरकारले खोपको व्यवस्था गर्न नसके वैदेशिक रोजगारीको अवसर गुम्ने जोखिम बढेको त्यस क्षेत्रका जानकारहरुले बताएका छन्।

संयुक्त अरब इमिरेट्स (यूएई) ले गत वैशाख २३ देखि नै नेपालबाट कामदारसहितका यात्रुका लागि प्रवेश निषेध गरिसकेको छ। यूएईले उडानमा रोक लगाउँदा ५ हजार नयाँ कामदार र बिदामा घर आएका सयौँ कामदार नेपालमै रोकिएका वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए। कोरोना संक्रमणविरुद्ध दिइने खोपमध्ये यूएईको स्वास्थ्य मन्त्रालयले फाइजर–बायोटेक, स्पुतनिक–५, सिनोफार्म, अक्सफोर्ड–अस्ट्राजेनेकालाई मात्रै मान्यता दिएको छ । यी खोप लगाएकाले मात्रै यूएई प्रवेश गर्न पाउँछन्।

कोरोनाको संक्रमणको लहर देखिएलगत्तै कुवेतले नेपालबाट कामदार लगेको छैन । कुवेतले आगामी साउन १७ गतेदेखि खोप लगाइसकेको कामदार मात्रै लैजाने जनाएको छ। रोजगारीका लागि कुवेत जान चाहने कामदारले त्यहाँको सरकारले अनुमोदन गरेको खोप लगाउनु पर्नेछ। कुवेतले अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोनसन एन्ड जोनसनको खोपलाई मात्रै अनुमति दिएको छ। साउदी अरबले पनि एयरलाइन्स कम्पनीहरूलाई खोप नलगाएका यात्रुलाई नबोक्न निर्देशनात्मक आदेश जारी गरेको छ। साउदी प्रवेश गर्ने यात्रुले बोर्डिङ पास लिने बेला खोप लगाएको प्रमाणपत्रसमेत नियम छ। फोटो फाईल

About admin

Check Also

संसार चकित ! १३ बर्षिय यी नानिले यसरि जन्माईन छोरि ,डाक्टर तिनछक्क (हेर्नुस् भिडियो )

लम्जुङको भोटेओडारमा मात्रै तेह्र बर्षिय नानि हर्षना मियाले लगभक अढाई केजिको बच्चालाइ जन्म दिएकि छिन् …

Leave a Reply

Your email address will not be published. Required fields are marked *