Wednesday , July 28 2021
Breaking News
Home / समाचार / थप निषेधाज्ञाका बारेमा यस्तो निर्णय आए पछी। ….

थप निषेधाज्ञाका बारेमा यस्तो निर्णय आए पछी। ….

काठमाडौ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु थप एक साता निषेधाज्ञा बढाउने निष्कर्षमा पुगेका छन् । त्यसवारे औपचारीक निर्णयका लागि सिडियोहरुको बैठक सुरु भएको छ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने या नगर्नेबारे भन्नेबारेमा औपचारीक निर्णय गर्नका लागि बैठक सुरु भएको ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । उनले त्यसवारे निर्णय दिउसो आउने बताए ।

‘भर्चुअल रुपमा बस्ने संयुक्त बैठकले त्यसवारे औपचारीक निर्णय गर्ने सिडियोले जानकारी दिएका छन् । त्यही बैठकले औपचारीक निर्णय गर्छ’, प्रमुख जिल्ला अधिकारी निरौलाको भनाइ छ ।

स्रोतका अनुसार अहिलेकै मोडालिटीको निषेधाज्ञा थप एक साता थप्ने सम्भावना रहेको छ । गत बैशाख १६ गतेबाट जारी निषेधाज्ञा पटक पटक थप्दै र मोडालिटी परिवर्तन गरिदै आएको छ । पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि भोली असार १४ गते राति १२ बजे सकिँदै छ । पछिल्लो निषेधाज्ञामा समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिइएको छ ।

अहिले काठमाडौ उपत्यकामा मोटरसाइकल, जीप, कार, भ्यान, ट्याक्सी लगायतमा जोर–बिजोर लागु गरेर चल्न दिइएको छ तर सार्वजनिक सवारी–साधन, विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेस लगायतमा प्रतिबन्ध कायमै छ ।

यसैबीच राष्ट्रिय यातायात व्यवसायी महासंघले सार्वजनिक यातायात सञ्चालनमा ल्याउन माग गरेको छ । सिडियोको बैठकले सार्वजनिक यातायातका बारेमा के निर्णय गर्छ भन्ने बारेमा पनि चासो छ । प्रमुख जिल्ला अधिकारी निरौलाले सार्वजनिक यातायात खुलाउने बारेमा अहिले कुनै निर्णय भइनसकेको बताएका छन् । तर सहज हुनेगरी निर्णय गर्ने उनले बताए । यातायात सहज हुनेगरी निर्णय आउला तर खुलाउने बारेनै अहिले कुनै निर्णय भएको छैन, उनको भनाई छ ।

About admin

Check Also

यी हुन् प्रहरीका छोरीहरु, जस्ले बुवालाई बचाउँन आमाको मृत्यु सुनाएनन्

संक्रमणबाट आमाको मृत्यु भएपछि गोरखा नगरपालिका–१३, देउरालीका तीन दिदिबहिनी काजकिरियामा बसेका छन्। संक्रमणबाट ४३ वर्षकी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *