Wednesday , October 20 2021
Breaking News
Home / मनोरंजन / पूजा शर्माको खुलासा : ‘आकाश श्रेष्ठले धोका दिए! उनीसंग प्रेम छैन-सम्बन्ध तोडियो’ (भिडियो हेर्नुस्)

पूजा शर्माको खुलासा : ‘आकाश श्रेष्ठले धोका दिए! उनीसंग प्रेम छैन-सम्बन्ध तोडियो’ (भिडियो हेर्नुस्)

नायीका पुजा शर्मा कहिलेकाँही विवादमा आउँछिन् । उनी पछिल्लो समय सिन्धुपाल्चोका बाढी पीडितका लागि सहयोग लिएर गएकी थिइन् । हुन त उनका निकै मिल्ने साथी तथा नायक आकाश श्रेष्ठ पनि सिन्धुपाल्चोक सहयोग गर्न पुगेका थिए । तर उनीहरु संगै भने गएनन् । पुजा शर्माका बारेमा अनेक कुरा बाहिर ल्याएर आलोचना गर्ने पत्रकार प्रकाश सुवेदीको अभियानमा सहभागी भएर आकास सहयोगका लागि पुगेका थिए ।

पुजा र आकास अलग अलग सहयोगका लागि सिन्धुपाल्चोक पुगेपछि उनीहरुको सम्बन्धका बारेमा पनि प्रश्न उठेको थियो । उनीहरुबीच प्रेम छ भनिरहेको बेलामा सहयोगका लागि उनीहरु अलग अलग गएपछि प्रश्न उठाइएको थियो । त्यती मात्र होइन आकासले पुजालाई निकै आलोचना गर्ने प्रकाशको समुहमा आवद्ध भएपछि उनीहरुको सम्बन्धका बारेमा पनि प्रश्न उठाइएको हो । आकास र पुजाको जोडी फिल्ममा निकै मनपराइएको जोडी हो ।

पुजा सिन्धुपाल्चोक पुगेर आफ्नो नामको टिसर्ट बाँडिन्, सेल्फी खिचिन र टिकटक पनि बनाइन् भनेर केहीले आलोचना गरे । उनले ति माध्यमवाट सिन्धुपाल्चोकको अवस्थाका बारेमा जानकारी गराएको जवाफ दिइन् । उनले आफुलाई माया गर्नेहरुले एक दिनमा दिएको सहयोग लिएर आफु सिन्धुपाल्चोक पुगेको बताइन् । उनले आफुलाई पढाउने प्रिन्सिपलले पनि आर्थिक सहयोग गरेको बताइन् । उनले एक दिनमै दुई लाख रुपैया भन्दा बढी रकम उठाएको बताइन् ।

About admin

Check Also

प्रधानमन्त्री देउवालाई दशैंको टीका थापेर दाम राख्दै खुट्टा ढोग्ने व्यक्ति को हुन् ? बन्यो भिडियो भा,इरल

काठमाण्डौ/ कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दशैंको क्रममा कार्यकर्ताहरुलाई पनि टीका लगाएका छन् । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *