Wednesday , October 20 2021
Breaking News
Home / समाचार / सार्वजनिक यातायातको भाडा बढ्ने, कहिले देखि खुल्छन् गाडी ?

सार्वजनिक यातायातको भाडा बढ्ने, कहिले देखि खुल्छन् गाडी ?

काठमाडौ । महामारीका कारण लागू गरिएको निषेधाज्ञा अझै पनि जारी छ । सार्वजनिक सवारी साधन संचालन भएका छैनन् । सार्वजनिक सवारी संचालन नहुँदै त्यसो भाडा भने बढाउनुपर्ने निष्कर्ष सरकारी निकायले निकालेको छ । सार्वजनिक वैज्ञानिक भाडा समायोजनबारेको अध्ययन प्रतिवेदनमा भाडा बढाउनुपर्ने उल्लेख छ । सो प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगिसकेको छ ।

२०६९ सालदेखि वैज्ञानिक रुपमा भाडा समययोजन नभएको उल्लेख गर्दै भाडा बढाउनुपर्ने निष्कर्ष निकालिएको छ । ब्यवसायीले पनि भाडा समायोजन नगरिएको गुनासो गर्दै आएका छन् । तेलको मूल्यमा भएको घटबढका आधारमा पटक(पटक भाडा समायोजन भएकाले अब कसरी भाडा समायोजन गर्ने भन्नेबारे निर्णय लिन मन्त्रालयमा प्रतिवेदन पठाइएको छ ।

सरकारले २०६५ फागुन २० गते वैज्ञानिक भाडादर समायोजन सम्बन्धी कार्यविधि जारी गरेको थियो । अहिले बुझाएको प्रतिवेदनमा विभागले कति प्रतिशत भाडा बढाउने भनेर किटान भने गरेको छैन ।

यातायात व्यवस्था विभागका प्राविधिक उपसचिवको संयोजकत्वमा समिति बनाएर समायोजनको लागि अध्ययन भएको थियो । यातायात व्यवसायीहरुले पेट्रोलियम पदार्थ र सवारीजन्य पार्टपुर्जामा भएको मूल्यवृद्धिलाई कारण देखाएर भाडा बढाउन सरकारलाई वैशाख १५ गतेसम्मको अल्टिमेटम दिएका थिए । तर, महामारी नियन्त्रणका लागि निषेधज्ञा लागू भएपछि व्यवसायीहरु सवारी थन्क्याएर बस्न बाध्य छन् ।

About admin

Check Also

हे भगवान् ! यो कस्तो रोग लाग्यो ,मलाई बचाउनुस् म बाच्न चाहान्छु,हेर्दाहेर्दै यस्तो भए (हेर्नुस् भिडियो )

धरानमा ६ बर्षिय बाबु जो एक बर्ष अघिसम्म मजाले नाच्ने ,कुद्ने ,खेल्ने र उतिकै मोटो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *