Wednesday , July 28 2021
Breaking News
Home / समाचार / काठमाडौमा खुल्यो सार्वजनिक सवारी साधन, तर यस्ता छन् नियम

काठमाडौमा खुल्यो सार्वजनिक सवारी साधन, तर यस्ता छन् नियम

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालनमा आउने भएका छन् । तर त्यसका लागि पनि विशेष नियम लागू भएको छ । महामारीको जोखिम कायमै रहेका कारण सवारी साधन जोर विजोर मात्र चलाउन पाइने छ । त्यसका लागि पनि स्वास्थ्य मापदण्ड भने पालना गरेको हुनुपर्नेछ । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाकैबीच सवारीसाधनमा जोरबिजोर लागु गरिने जनाएको छ ।

यस अघि नै उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता बढाउने सहमति गरेका थिए । जिल्ला प्रशासन कार्यालय ललितपुरमा प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले सार्वजनिक सवारीसाधनमा जोर बिजोर लागु गरिने तर कस्तो कस्तो अवस्थामा कडाइ गर्ने भन्नबारे अहिले निर्णय हुन नसकेको जानकारी दिए ।

‘‘सार्वजनिक सवारी साधन सञ्चालनमा आउँदा कस्ता मापदण्डमा कडाइ गरिने भन्नेबारे औपचारीक निर्णय गर्न भने बाँकी छ । सोमवार बिहान १० बजे बस्ने बैठकले त्यसवारे औपचारीक निर्णय गर्ने प्रजिअ निरौलाले बताए । सार्वजनिक यातायात व्यवसायीले स्वास्थ्य मापदण्ड अनिवार्य गरी सार्वजनिक सवारी सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् ।

यो पनि हेर्नुहोला:

About admin

Check Also

यी हुन् प्रहरीका छोरीहरु, जस्ले बुवालाई बचाउँन आमाको मृत्यु सुनाएनन्

संक्रमणबाट आमाको मृत्यु भएपछि गोरखा नगरपालिका–१३, देउरालीका तीन दिदिबहिनी काजकिरियामा बसेका छन्। संक्रमणबाट ४३ वर्षकी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *