Saturday , July 24 2021
Breaking News
Home / समाचार / निजी सवारी जस्तै जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी खुलाउने तयारी , बाकी निर्णय भोलि गरिने

निजी सवारी जस्तै जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी खुलाउने तयारी , बाकी निर्णय भोलि गरिने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा बारे आइतबार निर्णय हुन सकेन । बैशाख १६ देखि उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने नगर्ने बारेमा सोमबार बस्ने बैठकले तय गर्ने भएको छ ।

आइतबार दिउँसो उपत्यकाका तीनै जिल्ला प्रमुख अधिकारीबीच बसेको बैठकले अहिलेसम्मको कोरोना संक्रमणबारे छलफल भएको र भोलि बस्ने बैठकले निषेधाज्ञा थप गर्ने वा नगर्नेबारे तय गर्ने छ ।

उपत्यकामा वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा असार ८ बाट लागु हुनेगरी थप खुकुलो बनाउँदै नीजि यातायातमा जोर बिजोर प्रणाली लागु गरिएको थियो । उपत्यकामा बारको आधारमा पसल खुल्ला गरिएको छ ।

यो साता खुकुलो भएको निषेधाज्ञाले संक्रमणदरमा पारेको प्रभाव अर्को साताबाट मात्र थाहा हुने भएकाले र एकैपटक यातायात खुलाउदा अवस्था फेरी पूरानै हुने सम्भावना हुन्छ । सार्वजनिक यातायात सञ्चालनका लागि यातायात व्यवसायीले माग गरिरहेका छन् । यस विषयमा आइतबारको बैठकमा छलफल भएको छ । जोरबिजोर प्रणालीबाट लैजान सकिन्छ भन्ने पनि बैठकमा छलफल भएको छ ।

About admin

Check Also

सिडियो भन्छन्, ‘काठमाडौमा अब निषेधाज्ञा खोल्ने होइन अब बनाउने बेला भयो’

काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेको लामो समय भयो । मोडालिटि परिवर्तन गर्दै जिल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *