Wednesday , July 28 2021
Breaking News
Home / समाचार / विशालबजार नजिकै दिउसै ८ वर्षीया बालिकालाई भएको घटना स्थानियले छतवाट देखेपछि…..

विशालबजार नजिकै दिउसै ८ वर्षीया बालिकालाई भएको घटना स्थानियले छतवाट देखेपछि…..

काठमाडौ । काठमाडौको न्युरोड विशालबजार नजिकै बालिकालाई जबर जस्ती गर्ने एक जना ब्यक्ति घटनास्थलवाटै पक्राउ परेका छन् । शनिवार दिउसै उनले बालिकालाई जब र जस्ती को प्रयास गरेका थिए । पक्राउ पर्नेमा धुनिवेशी नगरपालिका–१ घर भएका ३५ वर्षीय सूर्यमान तामाङ रहेको महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डिएसपी दिल बहादुर मल्लले जानकारी दिए ।

काठमाडौं महानगरपालिका( २३ जुद्धशालिकस्थित पुरानो नगरपालिकाको खाली जग्गामा दिउसै उनले बालिकालाई त्यता लिएर गएका थिए । पार्किङ गरेर राखेको गाडीको आडमा ८ वर्षीया बालिकालाई जब र जस्ती गरेका थिए । घरको छतबाट स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । जानकारी पाएलगत्तै नजिकै रहेका प्रहरी गएर बालिकाको उद्दार गर्नुका साथै तामाङलाई पक्राउ गरिएको डिएसपी मल्लले बताए ।

‘घर जान लागेकी बालिकालाई बोकेर लगेर गाडीको आडमा राखेका तामाङको हर्कत स्थानियले छतवाट देखेका हुन् । बाहिर खेलेर घर जान लागेकी बालिकालाई तामाङले बोकेर लगेका थिए । बालिकाको स्वास्थ्य परीक्षण गरिएको र अवस्था सामान्य रहेको उनको भनाइ छ ।

About admin

Check Also

यी हुन् प्रहरीका छोरीहरु, जस्ले बुवालाई बचाउँन आमाको मृत्यु सुनाएनन्

संक्रमणबाट आमाको मृत्यु भएपछि गोरखा नगरपालिका–१३, देउरालीका तीन दिदिबहिनी काजकिरियामा बसेका छन्। संक्रमणबाट ४३ वर्षकी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *