Saturday , July 24 2021
Breaking News
Home / समाचार / काठमाडौंको सुन्धाराबाट भक्तपुर पुगेकी १५ बर्षीय किशोरीको बयान, नास्ता खाउँ भन्दै होटल भित्र लगेर…..

काठमाडौंको सुन्धाराबाट भक्तपुर पुगेकी १५ बर्षीय किशोरीको बयान, नास्ता खाउँ भन्दै होटल भित्र लगेर…..

धुलिखेल घर भएकी १५ वर्षीया बालिकालाई काठमाडौंको सुन्धाराबाट ललाई फकाई भक्तपुर पुर्याएर कर णी गरेको अभियोगमा धुलिखेलकै वर्ष २३ का जयराम चौंलागाईंलाई प्रहरीले पक्राउ गरेको छ । धुलिखेल नगरपालिका ८ घर भएका चौंलागाईंले सोही स्थानकी बालिकालाई हिजो दिउँसो भक्तपुरमा कर णी गरेको बालिकाकी आमाले दिएको किटानीमा उल्लेख छ ।

बालिकाकी आमाका अनुसार छोरी शनिबार बिहान १० बजेदेखि हराएको भन्दै जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिएकी थिइन् । त्यसपछि महानगरीय प्रहरी वृत्त जनसेवा, काठमाडौंले खोजतलास गर्ने क्रममा उनी हिजो काठमाडौंको सुन्धारामा फेला परेकी हुन् ।

उनका अनुसार चौलागाईं बालिकाका छिमेकी हुन् । उनले बालिकालाई ललाईफकाई घुम्न जाऔं भनेर असार ५ गते घरबाट भक्तपुर लिएर आएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । ‘चौलागाईंले सोही दिन भक्तपुर नगरपालिका ४ स्थित एक गेस्ट हाउसमा खाजा नास्ता खाने बहानामा लगी ललाईफकाई ड र धाँ;क ध;म्की दिइ कर ‘णी गरेको पीडित बालिकाले बताएकी छिन्’, उनले भने ।

प्रहरीले सोधखोज गरेपछि बालिकाले आफूलाई चौंलागाईंले शनिबार भक्तपुरको एउटा गेष्ट हाउसमा खाजा खाने बहानामा कर णी गरेको बताएकी थिइन् । लगत्तै चौंलागाईंलाई पनि प्रहरीले सुन्धारा क्षेत्रबाट पक्राउ गरेर आवश्यक कारबाहीको लागि भक्तपुर पठाएको बताएको छ ।

About admin

Check Also

सिडियो भन्छन्, ‘काठमाडौमा अब निषेधाज्ञा खोल्ने होइन अब बनाउने बेला भयो’

काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेको लामो समय भयो । मोडालिटि परिवर्तन गर्दै जिल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *