Saturday , July 24 2021
Breaking News
Home / समाचार / लकडाउनमा भोकालाई निशुल्क खाना खुवाइरहेकाहरु पक्राउ, उनीहरुले प्रयोग गरेको जमिन पनि प्रहरीले खाली गरायो

लकडाउनमा भोकालाई निशुल्क खाना खुवाइरहेकाहरु पक्राउ, उनीहरुले प्रयोग गरेको जमिन पनि प्रहरीले खाली गरायो

काठमाडौ । महामारीको समयमा काम नपाएर भोको पेट भएकाहरुलाई निशुल्क खाना खुवाउँदै आएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले भोकाहरुलाई खाना खुवाउन प्रयोग गरेको ठाउँ पनि खाली गराइएको छ । काठमाडौंको अनामनगरस्थित सिंहदरबारको पूर्वी गेटनजिकै हाम्रो टिम नेपालले लकडाउनमा काम गुमाएर भोको पेट हुनुपरेकालाई खाना खुवाउँदै आएको थियो ।

उनीहरुले निशुल्क वितरण गर्दै आएको खाना खान टाढावाट त्यहाँ विपन्नहू पुग्ने गरेका थिए । तर सोमवार उनीहरुले खाना बनाउन प्रयोग गरेको सार्वजनिक जग्गा खाली गरिएको छ। काठमाडौं महानगर प्रहरी र नेपाल प्रहरीको टोलीले सार्वजनिक जग्गा सोमबार खाली गराएको छ । अब भोको पेट हुनेहरुले कहाँ खाना खान्छन् त्यसको कुनै ठेगान छैन । प्रहरीले सार्वजनिक जग्गाको प्रयोग गरेको भन्दै टिमका केहीलाई नियन्त्रणमा समेत लिएको छ।

हामी सरकारी जग्गामा खाना बनाइरहेका थियौं। सरकारी जग्गामा बस्न त पाइएन। तर हामीले खाना बनाउन बनाएका संरचना पनि प्रहरीले भत्काइदिएको छ हाम्रो टिम नेपालका बब्लु गुप्ताले भने,’ मेयर र स्थानीयहरूले उठेरहरू जानू भनेपछि लगिएको हो। उनले वडा कार्यालयले आफुहरुलाई अनुमति दिएका कारण आफुहरु त्यहाँ खाना बनाइरहेको बताएका छन् । प्रहरीले हाम्रो टिम नेपालका संयोजक विमल पन्तलगायत २३ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई नगर प्रहरी कार्यालयमा राखिएको परिसरले जनाएको छ।

About admin

Check Also

सिडियो भन्छन्, ‘काठमाडौमा अब निषेधाज्ञा खोल्ने होइन अब बनाउने बेला भयो’

काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेको लामो समय भयो । मोडालिटि परिवर्तन गर्दै जिल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *