Thursday , August 5 2021
Breaking News
Home / समाचार / यातायात चलाउँछौ’ भन्दै यातायात व्यवसायी र मजदूर संगठनको यस्तो चेतावनी

यातायात चलाउँछौ’ भन्दै यातायात व्यवसायी र मजदूर संगठनको यस्तो चेतावनी

यातायात व्यवसायी र मजदुर संघ–संगठनका प्रतिनिधिहरुले असार १५ गतेबाट सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सरकारको निर्णय एकांकी भएको भन्दै सच्याउन आग्रह गरेका छन् ।

उनीहरुले देशैभर सबै किसिमका सवारी साधन चलाउने व्यवस्था गर्न मागको सुनुवाई नगरे आफुहरुले आगामी असार १८ गतेबाट देशभरका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु चलाउने घोषणा समेत गरेका छन् ।

यातायात मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोपको प्रबन्ध गर्न र स्वास्थ्य प्रोटोकल पालना गराउँदै सवारी सञ्चालन गराउन माग गरेका हुन् । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त विज्ञप्ति निकालेर यस्तो चेतावनी दिएका छन् ।

यातायात क्षेत्र बन्द हुँदा यस क्षेत्रले ठूलो घाटा बेहोर्नु परेको तथा मजदुरहरु भोकभोकै बस्नुपर्ने बाध्यता आइलागेकाले आफूहरुको माग सम्बोधन गर्न ध्यानाकर्षण गराएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

About admin

Check Also

संसार चकित ! १३ बर्षिय यी नानिले यसरि जन्माईन छोरि ,डाक्टर तिनछक्क (हेर्नुस् भिडियो )

लम्जुङको भोटेओडारमा मात्रै तेह्र बर्षिय नानि हर्षना मियाले लगभक अढाई केजिको बच्चालाइ जन्म दिएकि छिन् …

Leave a Reply

Your email address will not be published. Required fields are marked *