Saturday , July 24 2021
Breaking News
Home / समाचार / भारतमा चोरी नेपालमा कारमा सरर

भारतमा चोरी नेपालमा कारमा सरर

काठमाडौ । नेपाल भारत खुला सिमानाका केही फाइदा होलान् तर धेरै वेफाइदा पनि छन् । रोग सिधै आउँछ । चोरी निकासीका लागि पनि त स्करहरुलाई निकै सजिलो हुने गरेको छ । यस्तै अर्को तथ्य प्रहरीले फेला पारेको छ । भारतबाट कार चोरी गरेर ल्याएर नेपालमा बिक्री गर्ने गरेको तथ्य प्रहरीले फेला पारेको हो ।

भारतवाट चोरेर ल्याएका कारको नक्कली कागजात बनाएर नेपालमा चलाउने गरेको फेला परेको छ । नक्कली ब्लुबुक फेला पारेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा यस्तो तथ्य भेटिएको हो ।

काठमाडौंमा प्रहरीले यस्तो ४ वटा कार फेला पारेको छ ।कार चोरीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा ति कार भारतवाट चोरी गरेर नेपाल ल्याएको खुलेको हो । प्रहरीले नक्कली ब्लूबुक बनाएको अभियोगमा थप दुई जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम भने सार्वजनिक गरिसकिएको छैन । प्रहरीले नक्कली ब्लुबुक बनाउनेलाई पनि पक्राउ गरेको छ ।

About admin

Check Also

सिडियो भन्छन्, ‘काठमाडौमा अब निषेधाज्ञा खोल्ने होइन अब बनाउने बेला भयो’

काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेको लामो समय भयो । मोडालिटि परिवर्तन गर्दै जिल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *