Wednesday , December 1 2021
Breaking News
Home / समाचार / ऋतिकको नयाँ फोटोमा पूर्वपत्नी सुज्यान खानले गरेको कमेन्टमा धेरैको ध्यान खिच्यो

ऋतिकको नयाँ फोटोमा पूर्वपत्नी सुज्यान खानले गरेको कमेन्टमा धेरैको ध्यान खिच्यो

मुम्बई । बलिउड अभिनेता ऋतिक रोशनको नयाँ फोटोले अरु बलिउडकर्मीलाई मोहित बनाएको छ । ‘सर्टलेस’ फोटोमा ‘सिजलिङ एब्स’ देखाइरहेका अभिनेता रोशनको फोटोमा अहिले कमेन्टको वर्षा भइरहेको छ ।

अभिनेताका प्रशंसकसहित अन्य बलिउड स्टारहरु उनको यस फोटोमा कमेन्ट गरिरहेका छन् । उनकी पूर्वपत्नी तथा इन्टेरियर डिजाइनर सुज्यान खानको कमेन्टले भने धेरैको ध्यान तानेको छ ।

सुज्यानले लेखेकी छन्, “तिमी २१ को देखिरहेका छौँ ।” त्यस्तै, अभिनेता आर माधवन लेख्छन्, “यी पुरुष लिजेन्डहरुकै प्रतिरुप हुन्…म निकै प्रभावित छु । यो मेरो भाइ मेरो प्रेरणा हो ।” अभिनेता टाइगर श्रापले कमेन्टमा ‘बाप’ लेखेका छन् । इन्डियन एक्सप्रेसबाट ।

त्यस्तै ऋतिक रोशन अभिनित हिट फिल्म ‘कृष’को चौथो सिक्वेल निर्माण हुने भएको छ । अभिनेता ऋतिक रोशनले ‘कृष-४’ फिल्मको घोषणा गरेका हुन् ।

उनले फिल्म ‘कृष’ निर्माण भएको १५ बर्ष पुगेको अवसरमा सामाजिक संजलामा लेखेका छन् ‘पहिलेको कुरा बितिसकेको छ । अब भबिश्य कस्तो लिएर त्यो देख्न बाकी छ ‘कृष ४’ ।’ ‘कृष’ बलिउडमा सफल फ्रेन्चाइ फिल्म मध्य एक हो ।

करिव दुई बर्ष अगाडि ‘कृष-४’ छिट्टै फ्लोरमा निस्किएर २०२०को क्रिसमसमा रिलिज हुने हल्ला चलेको थियो । त्यसपछि निर्माता, निर्देशक राकेश रोशनले अब्ठ्यारो समयका कारण फिल्म रोकिएको बताएका थिए । सो समय उनले फिल्मको लेखन कार्य भइरहेको र ढिला हुने जानकारी दिएका थिए ।

‘कृष’ फ्रेन्चाइसको सुरुवात २००३ मा ‘कोई मिल गया’ फिल्मबाट भएको थियो । यसपछि अन्य दुई फिल्म ‘कृष’ २००६, ‘कृष ३’ २०१३ रिलिज भएको थियो ।

About admin

Check Also

कठै मान्छेको भाग्य ! अहिलेसम्म २५ जनासंग विवाह गरे तर म र्ने बेलामा यी बुबा एक्लै छन् (भिडियो हेर्नुस्)

भनिन्छ बिबाह भनेको एउटा यस्तो पबित्र बन्धन हो जसमा मान्छे जिबनमा एकपटक मात्र बाधिन्छ तैपनी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *