Saturday , July 24 2021
Breaking News
Home / अन्तरास्ट्रिय / पतिलाई अन्तिम विदाई गर्दा आफुलाई सम्हाल्न सनिन् मन्दिरा बेदीले,‘तिमी बिना कसरी बाँचु’?…… देखियो यस्तो हृदयविदारक दृश्य

पतिलाई अन्तिम विदाई गर्दा आफुलाई सम्हाल्न सनिन् मन्दिरा बेदीले,‘तिमी बिना कसरी बाँचु’?…… देखियो यस्तो हृदयविदारक दृश्य

एजेन्सी । भारतीय कलाकार मन्दिरा वेदीले आफ्ना श्रीमानलाई गुमाएकी छन् । बुधवार बिहान, मंदिरा बेदीको जीवनमा शोक छायो । उनको सबैभन्दा बलियो सहारा ढल्यो । उनले आफ्ना श्रीमानलाई गुमाइन् । राज मात्र ४९ वर्षका थिए । मंदिरा बेदीलाई पति राज कौशलको असामयिक निधनले गहिरो चो ट पुगेको छ ।

राजको अन्तिम यात्रा बुधवार बिहान ११ बजे उनको घरबाट प्रस्थान भयो। यो घडी मन्दिराको लागि धेरै भावनात्मक थियो। उनका श्रीमान्को अन्तिम भेटमा मन्दिरा बेदीले आफुलाई सम्हाल्न सकिनन् । आफ्ना साथीको काँधमा टाउको राखेर रुँदै उनले पतिलाई अन्तिम विदाई गरिन् ।

बलिउडमा फेरी एक पटक शोक छाएको छ । कलाकार मंदिरा बेदीको पति राज कौशलको बुधवार विहान निधन भएको हो । पारिवारिक स्रोतका अनुसार उनको हृदयघातका कारण निधन भएको अमर उजालामा उल्लेख छ । राजले अभिनेताका रुपमा आफ्नो करियर शुरू गरेका थिए । उनले आफ्नो क्यारियरमा प्यार मे कभी कभीु, शादी का लड्डूु र ुएन्थोनी कौन हैु तीन फिल्म निर्देशित गरेका छन्। बॉलिवुडका धेरै सेलिब्रेटीहरूले राज कौशलको निधनमा शोक व्यक्त गरेका छन्।

मंदिरा बेदी र राज कौशलको पहिलो भेट १९९६ मा मुकुल आनंदको घरमा भएको थियो। मन्दिरा अडिशन गर्न त्यहाँ पुगेकी थिइन र राज मुकुल आनन्दको सहायकको रूपमा कार्यरत थिए। यहींबाट दुबैको प्रेम सुरु भयो। मंदिरा बेदीले १४ फेब्रुअरी १ ​९९९ मा राज कौशलसँग विवाह गरिन् । उनीहरुले परिवारको मन्जुरी बेगर एक अर्कालाई अपनाएका थिए ।

About admin

Check Also

आँखीभौँ छेड्दा एक्कासी फुल्यो अनुहार, एक हप्ताभित्रै युवतीको मृत्यु

आफ्नै घरमा आँखीभौँ छे’डेका कारण स्कूलमा पढ्दै गरेकी एक किशोरीको मृत्यु भएको छ । १५ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *